बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान कार्यक्रम


लेखक : सुन्दराञ्चल      बैशाख २१, २०७९ मा प्रकाशित     
बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान कार्यक्रम

बाजुरा २१  – आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा बदर मतको संख्या कम गर्न नमुना मतदान कार्यक्रम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाता शिक्षा कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका–८मा रहेको मालिका नमुना माविमा नमुना मतदान कार्यक्रम गरेको हो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९ सय ५० जना मतदाता रहेका थिए ।  भने ४दशमलव ३९ प्रतिशत मत बदर भएको थियो । भने कुल मतदाता मध्ये ५२ हजार १०३ मत खसेको  थियो ।
मालिका नमुना माविको मतदान केन्द्रमा युवा युवतिलार्ई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् ।

 

स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनु पर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी अवस्थीले बताएका छन् ।
जिल्लामा  यस वर्ष हुने स्थानीय तहको निर्वाचनमा ८२ हजार ६ सय ९० जना मतदाता संख्या रहेको छ ।
जिल्लामा ९ वटा स्थानीय तह रहेका छन् । जसमध्ये चार नगरपालिका र पाँच गाउँपालिका रहेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap