बाजुरामा प्रहरीले छाउगोठ भत्काउने अभियान सुरु


लेखक : सुन्दराञ्चल      माघ १७, २०८१ मा प्रकाशित     
बाजुरामा प्रहरीले छाउगोठ भत्काउने अभियान सुरु

बाजुरा माघ १७, बाजुरामा छाउगोठ भत्काउने अभियान हिजो बुढिगगा नगरपालिका वडा नम्बर १० देखी पुनः सुरु गरिएको छ । विभिन्न गाउँबस्तीमा महिनावारी भएका बेला बस्न घरभन्दा टाढा निर्माण गरिएका छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो । सोमवारदेखि जिल्लाका सबै स्थानीय तहका गाउँबस्तीहरुमा रहेका छाउगोठ भत्काउने अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दिलीपकुमार गिरीले सोमवार जिल्लाको बुढीगंगा नगरपालिकामा २९ वटा छाउगोठ भेटिएको बताएका छन् । उनका अनुसार ती छाउगोठलाई एक हप्ताभित्र भत्काउनका लागि समय दिएको र नभत्काए प्रहरीको टोली गएर भत्काइने भएको छ ।

त्यस्तै डिएसपी गिरीले छाउगोठ भत्काउने अभियान जिल्लाभर सुरु गरिएको भन्दै अनुगमनका क्रममा भेटिएका छाउगोठ प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा भत्काइने बताए । जिल्लामा यसअघि पनि विभिन्न समयमा छाउगोठ भत्काउने अभियान सुरु भएको बाजुरा बाट दिनेशराज भारतीले जानकारी दिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap