बाजुरामा चुनाबी माहोल घम्सा घम्र्सी,


लेखक : सुन्दराञ्चल      चैत्र २४, २०७८ मा प्रकाशित     
बाजुरामा चुनाबी माहोल घम्सा घम्र्सी,

बाजुरा,  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी सरगमी बढेको छ। जिल्लाका ठूला राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

गाउँगाउँ र टोलटोलमा गएर यहाँका राजनीतिक दलले जनतालाई मत माग्न थालेका छन्। पाँच वर्षको नेतृत्व लिनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ स्थानीय तहको पहिलो पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले आठ पालिकासहित जिल्ला समन्वय समितिको नेतृत्व सम्हाल्ने गरी पार्टीको चुनाव प्रचारप्रसार थालेको छ भने २०७४ को स्थानीय निर्वाचनमा तीन पालिकामा हाल दुई पालिकामा नेतृत्व लिएको एमाले पनि आठ पालिकाको नेतृत्व लिने गरी चुनावी रणनीति बनाएर गाउँमा गएको छ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एककिृत समाजवादी) भने पाँच दलीय सरकारमा भएकाले नेपाली कांग्रेससँग गठबन्धन गरेर जाने गरी छलफलमा जुटेका छन्। जिल्लाका नौवटै पालिकाका वडामा वडाध्यक्ष र पालिकासम्ममा उपप्रमुखको मागसहित नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्ने योजना बनाइएको छ। छ पालिका जितेको नेपाली कांग्रेस पनि स्वामीकार्तिक गाउँपालिका, गौमूल गाउँपालिका र जगन्नाथ गाउँपालिकामा कमजोर देखिएको छ। स्वामीकार्तिकमा तत्कालीन एमाले र हाल एकीकृत समाजवादीको सरकार रहेको छ भने अन्य दुई पालिकामा एमालेको सरकार छ।

चार नगरपालिका र दुई गाउँपालिकासहित जिल्ला समन्वय समितिमा समेत नेपाली कांग्रेसको सरकार रहेको छ। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा बूढीगङ्गा नगरपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा कांग्रेसको सरकार छ। गएको स्थानीय तहको निर्वाचनमा छ पालिका जितेको नेपाली कांग्रेसले सहमति र सहकार्य गर्दै वडा तथा पालिकामा सहमतिमा उम्मेदवार बनाउने गरी छलफलमा जुटेको नेपाली कांग्रेस बाजुराका पार्टी प्रवक्ता रमाकुमारी रावलले बताए।

नौवटै पालिकाका वडामा वडाध्यक्षसहित दलित महिला गरी पाँच जनाको नाम सिफारिस गर्न र नगर तथा गाउँपालिकाबाट नगर प्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन पालिका सभापतिलाई दिइएको पार्टी प्रवक्ता रावलले जानकारी दिए। वडाध्यक्षदेखि नगर प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका आकांक्षी धेरै भए पनि उनीहरुलाई सहमति गराएर आसन्न स्थानीय तहको निर्वाचनमा जाने गरी पार्टी तयारीमा लागेको प्रवक्ता रावलको भनाइ छ।

यसैगरी एमालेले पनि वडादेखि पालिकासम्म सहमतिमा सर्वसम्मत नगर वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छनोट गर्न तयारी थालेको एमालेले जनाएको छ। वडादेखि पालिकासम्म उम्मेदवारका आकांक्षी धेरै देखिए पनि उनीहरुबीचको आपसी समझदारीमा सर्वसम्मत वडाध्यक्ष र पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष छनोट गरी चुनावी मैदानमा जाने एमालेले तयारी थालेको हो। एमालेले कतिपय स्थानीय तहका वडामा सर्वसम्मत वडाध्यक्षका उम्मेदवार छनोट गरिसकेको एमालेका उपाध्यक्ष भरत बुढाले बताए।

कांग्रेसमा दुई महिलाको प्रमुखमा दाबी

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा दुई जना महिलाले नगर प्रमुखमा दाबी गरेका छन्। सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाको प्रमुखका लागि हालका नगर उपप्रमुख तथा नेपाली कांग्रेस महाधिवेश प्रतिनिधि कविताकुमारी बुढा (विष्ट) र महासमिति सदस्य तथा महिला सङ्घ केन्द्रीय सदस्य जुना दानीले नगर प्रमुखका लागि उम्मेदवारी दिएको नेपाली कांग्रेस बडीमालिका नगर कार्यसमितिका सचिव नन्दलाल खड्काले बताए।

नगर प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ। तीमध्ये दुई महिलाले प्रमुुख पदका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए। उनका अनुसार नगरपालिकाको उप प्रमुखका  लागि छ महिलाले उम्मेदवारी दर्ता गराएको सचिव खड्काले बताए।  रासस
 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap