बाजुराबाट प्रतिनिधि सभा सदस्यमा सहमहामन्त्री बद्री पाण्डे निर्वाचित


लेखक : सुन्दराञ्चल      मंसिर १८, २०७९ मा प्रकाशित     
बाजुराबाट प्रतिनिधि सभा सदस्यमा सहमहामन्त्री बद्री पाण्डे  निर्वाचित

धनगढी मंसिर १८, एमालेका प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापालाइ पराजित गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् ।

राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap