बाजुराको स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी


लेखक : सुन्दराञ्चल      मंसिर १७, २०८१ मा प्रकाशित     
बाजुराको स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी

बाजुरा मंसिर १७,  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी विजयी हुनुभएको छ ।

एमालेकी भण्डारीले एक हजार ७४० मत ल्याएर विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिद्वन्द्वी कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ मत ल्याउनु भएको थियो ।

भण्डारीले शाहीलाई २ सय ६६ मतले हराउँदै गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनुभयो ।

यस्तै नेकपा समाजवादीकी जवा शाहीले ३५३ मत ल्याउनु भएको छ भने १३६ मत बदर भएको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap