बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत बल्दे–अम्कोट सडक अनुगमन


लेखक : सुन्दराञ्चल      जेष्ठ २०, २०८१ मा प्रकाशित     
बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत बल्दे–अम्कोट सडक अनुगमन

धनगढी,२० जेठ । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत बल्दे–अम्कोट सडक अनुगमन गरिएको छ । सरोकारवाला निकायले शनिबार सो सडक अनुगमन गरेको हो । बल्दे–अम्कोट सडक बर्खाका बेला सधैँ अवरुद्ध हुने गरेकाले यो वर्ष यातायात सेवा नियमित गर्ने उद्देश्यले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बर्खाका समय पानी पर्नेबित्तिकै सडक भत्किने गरेकाले त्यसको समाधान गर्न र यातायात सेवा नियमित गर्न सडक अनुगमन गरिएको हो । सो सडकलाई सञ्चालन गर्न सकिन्छ वा विकल्पका रूपमा सडक सञ्चालन गर्ने विषयमा छलफल गरिएको छ । बर्खा लागेसँगै मनसुन सुरु हुनुअगावै सडक अवरुद्ध हुने गरेकाले त्यसको विकल्प खोज्न अनुगमन गरिएको बुढीगङ्गा नगरपालिका–२ का यातायात व्यवसायी वीरबहादुर थापाले बताए ।

गत वर्ष लामो समयसम्म सडक अवरुद्ध हुँदा व्यापारीले सामान भरियामार्फत ढुवानी गर्न बाध्य भएका थिए । गत वर्ष असारदेखि भदौसम्म अवरुद्ध सो सडक हिउँदमा केही दिनमा गाडी सञ्चालन भए पनि बर्खाको समयमा फेरि उस्तै हुने गरेको छ । हिउँदका केही दिन बस, ट्रक, जिप र ट्याक्टर मार्तडीदेखि कोल्टीसम्म सञ्चालन हुँदै आए पनि बर्खामा ती सबै सवारीसाधन बल्देमै रोकिने गर्छन् ।

गाडी सञ्चालन भएको समयमा सस्तो र सुलभ रूपमा सामान खरिद गर्दै आएका स्थानीयवासीलाई बर्खाको समय सधैँ चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता छ । बर्खाको समयमा बल्दे–अम्कोट सडकको मुनि र माथिबाट एकैसाथ पहिरो बग्ने गरेकाले मर्मत गर्न समस्या भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । सो सडकलाई नियमित सञ्चालन गर्ने उद्देश्यले स्थलगत सडक अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap