मंसिर २० बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षीय पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीको जन्म दिइन् । यो भन्दा पहिलाका दुइवटा सन्तान पनि काम गर्ने गएको बेला बाटो र जंगलमा बच्चा जन्माएकि थिईन् ।
सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले वताएकी छन् । धर्माले भनिन्, आफु स्वास्थ्य चौकी जादै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि उनलाइ सहयोग गरेको वताईन् ।
पानसरालाइ अत्याधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको धर्माले वताईन् । उनीसँग अरु कोही आफन्त नरहेको एक्लै स्वास्थ्य चौकी आउदै गर्दा बाटोमा बच्चा जन्माएको स्वास्थ्यकर्मीले वताएका छन् । उनको यो भन्दा पहिला एक छोरा र एक छोरी रहेका थिए । पानसराले तिनै सन्तान बाटोमै जन्माएकि छन् ।
बाजुरामा पानसरी मात्र नभइ धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् । केही महिना पहिला काँडा निवासी ३२ बर्षीय उज्जलीले सुनार बाटोमै छोरी जन्माएकि छन् । बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ बर्षीय भाँग्य चदारा बाटोमा बच्चा जन्माएकि थिइन् । त्यस्तै हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछी ३ घण्टा टाढा रहेको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माईन् ।
स्वास्थ्य संस्था टाढा भएकाले लिदै गर्दा उनले बाटोमा बच्चा जन्माउनु परेको हो । त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षीय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् । वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला बिच बाटोमै पार्वतीले छोराको जन्म दिईन् ।