बाजुराको बिरेखोला झरना पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै


लेखक : सुन्दराञ्चल      भदौ १८, २०८१ मा प्रकाशित     
बाजुराको बिरेखोला झरना पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै

बाजुरा भदौ १८ , बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सिमानामा रहेको बिरेखोला झरना पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक बन्दै गएको हो ।

प्राकृतिक वरदानको नमुना बिरेखोला झरना प्राचीनकालदेखि नै यसरी बग्ने गरेको बताइएको छ । उचित प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको झरना केही वर्षयता सामाजिक सञ्जालमा चर्चित बन्दै गएको छ । करिब तीन सय मिटर अग्लो बिरेखोला झरना हेर्न प्रत्येक दिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । एक दिनमा करिब दुई सय पर्यटक झरनामा रमाउन आउने गरेको वडाध्यक्ष कृष्ण खड्काले बताए ।
उनका अनुसार झरनालाई पर्यटकीय गन्तव्य बनाउन बडीमालिका नगरपालिकाको नीति तथा कार्यक्रममा समेटेर डिपिआरसमेत तयार पारिएको छ । पालिकाको बजेटले मात्र व्यवस्थापन गर्न नसकिने भएका कारण सङ्घ र प्रदेश सरकारसँग थप बजेटको पहल भइरहेको वडाध्यक्ष खड्काले बताए ।

बिरेखोला झरनालाई थप आकर्षक बनाउन पालिकाले थोरै संरचना बनाएको छ । उनले भने, “अहिले यहाँको झरनामा फोटो खिच्ने, भिडियो र टिकटक बनाउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।” झरना हेर्नका लागि बिदाबाहेकका दिनमा दैनिक सयको हाराहारीमा पर्यटक आउने गर्छन् । शुक्रबार र शनिबार भिड नै लाग्ने गरेको छ । झरनामा आउने पर्यटकको सङ्ख्या बढेसँगै झरनासम्म पुग्न सुरक्षित र व्यवस्थित बाटो निर्माण गरिएको छ ।

बिरेखोला झरना हेर्न जाने पर्यटकका लागि २० रुपियाँ शुल्क टिकट को व्यवस्था गरिएको छ । यसरी सङ्कलित रकम २५ प्रतिशत नगरपालिका, ४५ प्रतिशत त्यहाँ काम गर्ने कर्मचारी र ३० प्रतिशत रकम झरनाको व्यवस्थापनमा छुट्याउने गरिएको छ ।
झरनाको संरक्षण र प्रवद्र्धन गर्न नसकेमा ओझेलमा पर्न सक्ने यहाँ आउने पर्यटकले गुनासो गरेका छन् । झरनानजिक पुग्नेहरू छङ छङ पानीको आवाज र त्यहाँ देखिने इन्द्रेणीमा घण्टौँसम्म रमाउने गर्छन् । अग्लो झरनामा लाग्ने इन्द्रेणीले घण्टौँ बितेको पत्तै नहुने अछामबाट आएका रामबहादुर बोगटीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap