महादेव गिरी संवाददाता
बाजुरा साउन ३ ,बाजुराको त्रीवेणी नगरपालिका वडा न ८ कालापानी बाटेगडा टोलमा बर्षा संगै बुढी गंगा नदिको बाहव बढेपछि नदिको कटानले गर्दा पहिरो जान थालेपछि बाटेगडा टोलका १७ घर परिवारको बस्ती बिचल्ली भएको छ । स्थानिए गजेन्द्र बमका अनुसार २०७७ साल असार २८ गते राति अभिरल वर्षासंगै आएको बुढीगंगा नदिले वडा नम्बर ८ कालापानीको ,बाटेगडा टोलका १७ घर परिवारको बस्ती पहिरोले बगाएको थियो ।
अहिले फेरी बर्षायाम सुरु हुने बित्तीकै बुढीगंगा नदिको बाहव बढेपछी फेरी कटान गर्न सुरु भएको १७ परिवारहरू पहिरोको उच्च जोखिममा रहेको स्थानिए पहिरो पिडीत बमले सुन्दराञ्चलाइ जानकारी दिए । २०७७ सालमा पहिरो जादा तत्काल प्रमुख जिल्ला अधिकारी लगाएको टोलिले यहाँ आएर अनुगमन गरेर केहि क्षेतिपुर्ती उपलब्ध गर्ने भन्ने निर्णय समेत गरेर कागजात गरेर गएपनि आजको दिन सम्म कुनै सुनुवाई नभएको बताए ।
आफूले २०७७ साल देखी वडा, कार्यलय,नगरपनलिका ,र प्रदेशमा आफ्नो गुनासो पोख्दा पनी अहिले सम्म कुनै सुनुवाई नभएको पहिरो पिडीतले बताए । त्यस्तै पहिरो पिडित पवित्रा बम शाहीले भने पहिरोले गर्दा बस्नालाइ घर छैन्।
धेरै पानी परेको दिन राति घर छोडेर अन्यत्र जाने गरेको छ। अहिले त्यहीँ पहिरो मुनिको घरमा बस्ने गरेका छौं ,धेरै पानी परेको दिन राति छाता ओडेर अर्को घर जाने गरेको बताए । उनले भन्ने कुनै अन्य ठाउँ जाउ भन्ने आफुसंग जग्गा जमिन केहि नभएको बताए ।तेस्तै पहिराकोे अच्च जोखीममा बुढीगंगाको नदिको नजिकमा बसोवास गर्ने गिरी टोल,पन्तालीको तल्ल्लो भाग ,ढडालीको तल्लो भागलाएत पहिरोको उच्च जोखीममा रहेका छन्