बाजुराको जिल्लाको सदरमुकाम मार्तडीमा एक घरमा आगलागी


लेखक : सुन्दराञ्चल      कार्तिक २०, २०७९ मा प्रकाशित     
 बाजुराको जिल्लाको सदरमुकाम मार्तडीमा एक घरमा आगलागी

धनगढी कार्तिक २०,  बाजुराको जिल्लाको सदरमुकाम मार्तडीमा एक घरमा आगलागी भएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ८ बीर बहादुर थापाको घरमा आज विहान आगलागी भएको हो । भने घरमा कसरी आगलागि भयो भन्ने कुरा थाहाँ नभएको पिडीत थापाले बताए । स्थानियका अनुसार बिजुलीको तार सट भएर आगलागि भएको होकी स्थानिएले अनुमान गरिएको छ । भने बिहान ७ बजेर १८ मिनेटको समयमा घरमा आगोको मुस्लो आए पछि स्थानिय, प्रहरी, शसस्त्र प्रहरी विद्यार्थी र नेपाली सेनाले आगो नियन्त्रणमा लिएको घटाना स्थलमै रहेका प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार जिल्लामा दमकलको सुविधा नहुदा मान्छेबाट आगो नियन्त्रणमा लिन निकै नै समय लागेको थियो ।करिब २ घण्टा पछि मात्र आगो नियन्त्रणमा लिइएको बताए । तिन तले घरको तल्लो तल्लाबाट सल्केको आगोले पुरै घर जलेर नष्ट भएको पनि प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घर मालिक सो घरमा नबस्ने भएकेले घरमा बिद्यार्थीहरु मात्र भाडामा लिएर बसेका थिए । तिन तल्ले सो कच्ची घरमा ८ वटा कोठाहरु रहेका थिए सबै कोठाहरुमा क्याम्पस पढ्ने बिद्यार्थीहरु मात्र बस्दै आएका थिए ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap