बाजुराकाे बुढीगंगा नगरपालिकाद्धारा कृषि ऐन बनाउने गृहकार्य


लेखक : सुन्दराञ्चल      माघ २९, २०८१ मा प्रकाशित     
बाजुराकाे बुढीगंगा नगरपालिकाद्धारा कृषि ऐन बनाउने गृहकार्य

बाजुरा माघ २९, बाजुराकाे बुढीगंगा नगरपालिकाले कृषि ऐन बनाउने गृहकार्य थालेको छ । नगरपालिकाले पहिलाे चरणमा ऐनको मस्यौदा छलफलका लागि कृषकहरूकाे राय लिन प्रारम्भिक छलफल गरिएकाे छ । स्थानीय तहमा छुट्टै कृषि ऐन नहुँदा कृषि क्षेत्रको विकास हुन नसकेकाे भन्दै स्थानिय कृषि ऐन बनाउन लागिएको नगरपालिकाले जनाएकाे छ ।

कृषि विकासका पाँच नीतिगत आधारमा उल्लेख भएका उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवाको पहुँच, कृषि तथा पशु बिमा र न्यूनतम समर्थन मूल्यसहित खरिदको ग्यारेन्टीका प्रावधानलाई कानुनी रुपमा व्यवस्थित गर्न ऐन आवश्यक भएकोले कृषि ऐन निर्माणकाकाे लागि कृषक र सराेकारवालाहरू बिच प्रारम्भिक छलफल गरिएकाे सहयाेगी हातहरुकाे समुह(साहस नेपाल) का बरिष्ठ परियाेजना अधिकृत देशिन्द्र  राईले बताए । बुढीगंगा नगरपालिका र साहस नेपालकाे आयाेजना तथा राष्ट्रिय कृषक समूह महास‌घ नेपालकाे सहजिकरणमा प्रारम्भिक छलफल गरिएकाे सहयाेगी हातहरुकाे समुह(साहस नेपाल) का बरिष्ठ परियाेजना अधिकृत राईले बताए ।

नवगठित बार्जुकाेट ग्रामिण बिकाश केन्द्रका काेषाध्यक्ष सीता साउँदकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपालका संरक्षक नवराज बस्नेतले सहजिकरण गरेका थिए । साहस नेपालका सहयाेगी हातहरुकाे समुह(साहस नेपाल) का बरिष्ठ परियाेजना अधिकृत देशिन्द्र  राईले संचालन गरेकाे कार्यक्रममा कृषक समूह, बुढीगंगा नगरपालिका कृषि शाखा र पशु साखा प्रमुख नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष पदम सिंह, खाध्य अधिकार संजाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत सराेकारवालाहरूकाे सहभागिता रहेकाे थियाे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap