बाजुराका दलित बस्तीमा खानेपानीको समस्या


लेखक : सुन्दराञ्चल      बैशाख १२, २०८१ मा प्रकाशित     
बाजुराका दलित बस्तीमा खानेपानीको समस्या

बैशाख १२ बाजुरा, बाजुरा( बुढीनन्दा नगरपालिका–७, सेरकाटिया दलित बस्तीमा खानेपानीको समस्या भएको छ । २०५० सालमा निर्माण भएको भैँसापानी प्याउना खानेपानी योजनाले बस्तीमा पानी सुविधा दिएको थियो । पछिल्लो समय उक्त खानेपानी योजनाको मर्मतसम्भार नहुँदा पाइपलाइन फुटेर बिग्रिँदै गएपछि खानेपानीको अभाव भएको हो । परिवारको सङ्ख्या धेरै र खानेपानीको धारा कम भएको र धारा पनि बिग्रिँदै गएपछि दलित बस्तीमा खानेपानी समस्या देखिएको स्थानीय जसवीर विकले बताए ।
उनका अनुसार गाउँमा पानीका धेरै धारा छन्, पानी भने कहिल्यै नआउने गरेकाले ६० घरपरिवारलाई खानेपानीको अभाव झेल्नु परेको हो । सरकारले ‘एक घर एक धारा’ निर्माण गरे पनि पानी नआउने गरेको गुनासो स्थानीयको छ । गाउँघर सरसफाइ अभियानसँगै दलित बस्तीका सबै परिवारले घर घरमा शौचालय निर्माण गरेका छन् । घरको अगाडि निर्माण गरेका खानेपानीको धारामा पानी नआउँदा ती शौचालयसमेत फोहोर बन्न थालेको विकले बताए ।

गाई, भैँसीका लागि खोलाको पानी भए पनि स्थानीयलाई पिउनयोग्य सफा खानेपानीको अभाव देखिएको छ । थानीय दलबहादुर विकले भने, “घर घरमा धारा त छन् तर पानी आउँदैन ।” बाजुराका धेरै गाउँबस्तीमा पानीको मुहान नहुँदा खानेपानीको समस्या हुने गरेको छ तर यो दलित बस्तीको माथि खानेपानीका मुहान प्रशस्त रहेका छन् । मर्मतसम्भार गर्न नसक्दा यस्तो समस्या आएको बताइन्छ । उक्त बस्तीमा खानेपानी मर्मतसम्भारका लागि तीन पटक रकम विनियोजन गरेको वडाध्यक्ष अशोकबहादुर दानीले बताए ।

No description available.

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap