बाजुरा भुलेनमा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      असार २८, २०८० मा प्रकाशित     
बाजुरा भुलेनमा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु

 बाजुरा असार २८, बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनमा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिए ।
मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुती रहेको अवस्थामा छानो पछाडीको रुख ढलेर ल्वार र एक भैसी र पाडोको समेत मृत्यु भएको बताए ।
स्थानीयले ढलेको रुखले च्यापिएर ल्वार र भैसी मरेको इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेपछि प्रहरीको टोली कोल्टीबाट घटनास्थलमा गएको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap