महादेव गिरी
धनगढी चैत २० आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचनका लागि मूलधारमा आइरहदा पाटीहरु एक पछि अर्को गर्दै,प्रचारप्रसारमा निकै सक्रिय पारेका छन् ।
पालिका, नगरपालिका लागी उम्मेदवारी धोषणा गर्ने काम निरन्तर भइरहेको छ । भने घर दैलो कार्यक्रर्म दिनप्रतिदिन तीब्र भइरहदा । त्रिवेणी नगरपालिकाको मेयरमा बिकास बादी युवानेता सुरेन्द्र गिरीले उम्मेदवारी धोषणा गरेका छन् । गिरी नेपाली काग्रेस कैलाशमाण्डौं १३ औं कार्यसमिती सचवि हुदै, १४ औं प्रथम त्रिवेणी नगरपालिको नगर सभापतिमा निर्वाचित भएका थिए ।
भने त्रिवेणी नगरपालिका सभापति पद सम्हालिसकेका छन् । नेपाल बिध्यार्थी संंधको बिद्याथी रानीतिक यात्राबाट आफ्नो राजनीति यात्रा सुरुगरेका गिरीले ।२०६२ , ०६३ सालको जनआन्दोलन देखी होस, हरेक युवाहरुको समस्या,समाजको, बिकास, २१ औं सताब्दीमा युवाहरुले चाहेको अनिहरुको माग युवाहरुले चाहाना लाई बुजेर आफूले मेयरमा उम्मेदवारी दिएको सुन्दराञ्चलाई बताए ।
उनले त्रिवेणीका सम्पूर्ण आम जनताको मुहार फेर्न र त्रिवेणीका युवाहरुलाई आत्मनिर्भरमुलक व्यवसायी, सीपहरु, युवाहरुई स्वरोगार दिने उद्यमशीलता कार्यक्रम आफ्नो पहिलो उद्येश्य रहेको छ । अब त्रिवेणीमा बिकासको लागि युवाहरुको खाँचो रहेको बताए । त्रिवेणीमा धेरै बिकासका कामहरु रहेका छन् । खानेपानि,बिजुली,सडक,शिक्षा, स्वाथ्य, धार्मीक स्थल, मटमन्दीर ,आफ्नो पहिलो प्राथमिकता रहने बताए ।