बाजुरा त्रिवेणी नगरपालिका प्रमुखमा कर्णबहादुर थापा विजयी,


लेखक : सुन्दराञ्चल      जेष्ठ ४, २०७९ मा प्रकाशित     
बाजुरा त्रिवेणी नगरपालिका प्रमुखमा कर्णबहादुर थापा विजयी,

महादेव गिरी

बाजुरा जेष्ठ ४  बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका मेयरका उम्मेदवार नेपाली काग्रेसका तर्फबाट कर्ण बहादुर थापा बिजयी भएका छन् । उनले ४ हजार ७६१ मत ल्यार बिजयी भएका छन् । भने, उनका प्रतिद्धन्द्धी बाम गठबन्धनका मोतिसिं बुढाले ३ हजार ५८६ मत ल्याएर पराजित भएका छन् । ९ वडा वडा रहेको नगरपालिकाको मत गणना कार्य सकिएको त्रिवेणी निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । नेपाली काग्रेसको गढ मानिने त्रिवेणीमा फेरीपनि नेपाली काग्रेसको पोल्टामा जित परेको छ । उनका प्रतिद्धद्धी बुढा भन्दा थापाले ११७५ मत अग्रता ल्ययार जित आफ्नो हातमा पारर्न सफल भएका छन्, नगरपालिकाको मत गणना मत परिणाम अनुसार नेपाली काँग्रेसका कर्णबहादुर थापा र कमला जैशी न्यौपानेले बाम गठबन्धनलाई पराजित गर्दै काँग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिएका छन् ।
तेस्तै उप प्रमुखमा नेपाली काँग्रेसकी कमला जैशी न्यौपानेंले ४ हजार ७४३ मत विजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी बाम गठबन्धन तर्फमा मनराज बुढाले ३ हजार ९४ मत ल्यायर प्राजित भएका भएका छन् । नगर प्रमुखमा जितेका थापाले भने यो जित मेरो मात्र नभएर सर्मग त्रिवेणी बासीहरुको भएकाले नगरबासीलाई धन्बाद समेत दिएका छन् बाजुरा
त्रिवेणीमा नेपाली काँग्रेसले ६ वडा र बाम गठबन्धनले ३ वडा जितेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap