बाजुरा जिल्लामा ४ वटा मतदान केन्द्रमा हवाई फायर ,


लेखक : सुन्दराञ्चल      बैशाख ३०, २०७९ मा प्रकाशित     
बाजुरा  जिल्लामा ४ वटा मतदान केन्द्रमा हवाई फायर ,

बाजुरा बैशाख ३० आज मतदानको दिन नेपाली काँग्रेस र नेकपा एमाले विच विवाद हुदा ढुंगा मुडा प्रहार भएको छ । सोही भिडलाई नियन्त्रणमा लिन नसकिएपछि हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाको बुढीगंगा ९ मा दुई राउन्ड, सोहि नगरपालिका–१० सिगाडा माविमा रहेको मतदान केन्द्रमा १ राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुढीनन्दा–९ र ८ मा पनि हवाई फायर भएको प्रहरीले जनाएको छ । अन्य कति वटा मतदान केन्द्रमा हवाइ फायर भएको भनेर विस्तृत जानकारीआउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्र बोगटीले बताए ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap