बाजुरा साउन २२, बाजुरा जिल्लाको बडीमालिका नगरपालिका ९ सेलाघाटको बस्तीमा खोलाको बाढीले बस्ती नै उच्च जोखिममा परेको छ । भने शुक्रबार रातीको अबिरल वर्षाका कारण बस्ती नै उच्च जोखिममा परेको छ । बाढी राती १ बजेपछि आएको हो भने
बर्षा संगै आएको बाढीले आफ्नो फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी कुकुरा मरेको स्थानीय गोपाल थापाले जानकारी दिए । बाढीले स्थानिएले लगाएको धानबालीमा समेत क्षति पुगेको छ । भने नौ मुरि फल्ने सिंगो खेत बगाएर बगरमा परिणत बनाएको गोपाल थापा बताए छन् ।
बाढीले स्थानीय चन्दे थापा,अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको छ,भने अन्य २० बढी परिवार जोखिममा परेको स्थानीय मिनबहादुर थापाले बताए।
राती १ बजे बाढी आएको थाहा पाएपछि स्थानीय राती नै घरबाट सुरक्षित स्थानमा सरेका थिए। भने
सेलाघाट बस्तीलाई सार्नुको अर्को विकल्प नै देखिएको छैन्।
अहिले सबै परिवार सुरक्षित रहेको र अन्यन्त्र बासका लागि प्रबन्धक गर्नु पर्ने प्रहरीले जनाएको छ। भने बडीमालिका नगरपालिकाको जनप्रतिनिधीको टोली अनुगनमका लागि सेलाघाट पुगेसकेको छ। सेलाघाट बाजुरा जिल्ला सदरमुकाम रहेको नै वडा हो।