बाँकावीर र ढकाललाई सहिद घोषणाका लागि सिफारिस पठाउने मन्त्री परिषद निर्णय


लेखक : सुन्दराञ्चल      माघ १४, २०८१ मा प्रकाशित     
बाँकावीर र ढकाललाई सहिद घोषणाका लागि  सिफारिस पठाउने   मन्त्री परिषद निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले सुदुरपश्चिम प्रदेशका दुई जना व्यक्तित्वलाई सहिद बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्री पसरिषदको बैठकले सुदुरपश्चिम प्रदेस अछाम जिल्लाको ककड शान्ता मोतिपुर कोटमा जन्मनु भएका स्वर्गीय बलदेव शाह (बाँकाविर) र कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर का स्वर्गीय लोकराज ढकाललाई सहिद घाषणाकालागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिष पठाउने निर्णय गरेको हो । बलदेव शाह बाँकाविर श्री ३ जङ्ग बहादुर शाहको निरंकुश शासन विरुद्ध लड्दै गर्दा सहिद हुनु भएको थियो ।

विं. सं. १९०४ र १९०५ मा निरंकुस राणा तन्त्रको अत्याचार , सैनिकको दमन र भ्रष्टाचार विरुद्ध युद्ध गरेको र सोहि युद्धलाई दबाउन जंग बहादुर राणाले वि सं १९०६ मा बलदेब शाह ( बाँकावीर ) को हत्या गरियको हुँदा उहाँलाई नेपाल सरकारले सहिद घोषणा गर्नु पर्ने सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले वताउनु भयो । उहाँले , नेपालि काग्रेसको भातृ संगठन नेपाल तरुण दलका तत्कालिन जिल्ला कार्य समिती सदस्य लोक राज ढकाललाई शशस्त्र दन्द्धको समयमा विद्रोहि पक्षबाट राती घरमा सुतिरहेको अवस्थामा निर्मम तरिकाले हत्या गरेको र सरकारले हाल सम्म पनि स्वर्गीय ढकाललाई सहिद घोषणा नगरेकोले उहाँलाई समेत सहि घोषणा गर्न नेपाल सरकारलाई सिफारिष गर्ने निर्णय गरेको बताउनु भयो । बलदेव शाह (बाँकाविर) ले राणा विरुद्ध छापामार शैलीमा गरेको नेतृत्का बारे विभिन्न पुष्तक समेत प्रकाशित भएकाछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap