बम जस्तै शंकास्पद वस्तु भेटियो गोरखा,


लेखक : सुन्दराञ्चल      भदौ १६, २०८० मा प्रकाशित     
बम जस्तै शंकास्पद वस्तु भेटियो गोरखा,

गोरखा १६ भदौ,  । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ ।

शनिबार बिहान टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार ‘मर्निङ वाक्’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको एसपी श्रेष्ठले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap