बन्दुकसहित तीन जना पक्राउ


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०७८ मा प्रकाशित     
बन्दुकसहित तीन जना पक्राउ

कैलाली फागुन १२ – कैलाली जिल्लामा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कैलारी ३ बस्ने लौटन चौधरी, बिरेन्द्र चौधरी र सन्तराम चौधरी रहेका छन्।

सशस्त्र प्रहरी बल ३४ गण हेटक्वाटर कैलाली अन्तरगत बिओपी छोटिपलियाबाट खटिएको टोलीले बन्दुकसहित तीन जनालाई पक्राउ गरेका हो।

उनीहरुको साथबाट बाह्रबोर बन्दुक र ५ थान टोटारकार्टिज पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap