धनगढी असोज १९,बाजुरेली सेवा समाजको आयोजनामा हिन्दु नेपालीहरुको महानपर्ब बडा दशैं शुभ दिपावली तथा छठ पर्वको अवसरमा बाजुरेली सेवा समाजले आज एक कार्यक्रम गरी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तिलाई सम्मान समेत समाजले ६ जना लाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार गगन अयडी, डा .विष्नु बहादुर बुढा, चक्र बहादुर शाह , जगत शाही, जितजङ्ग सिंह र सृजना शाही सिंह रहेका छन । भने बाजुरेली सेवा समाजका अध्यक्ष बजिरसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि पुर्व सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी रहेका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पुर्व प्रदेश प्रमुख जोशीले सामाजिक सदभाव, धार्मिक सहिष्णुता बढ्ने, भाईचाराको मेलमिलापको सम्बन्ध कायम हुने गरी पर्वहरु मनाउनु पर्ने र एक अर्कालाई सक्दो सहयोग गर्नुपर्ने बताए । उनले यसरी नै धर्म सँस्कृतिको संरक्षण तथा प्रर्वधन हुने बताए । उनले भने( समाजले गरेका गतिविधिले भाइचाराको समन्ध गाढा र एकता हुँदै जाने छ ।
पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य सन्तोषी शर्मा थापाले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाइ खुशी, उमङग दिनुपर्ने बताईन । उनले आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस भन्दै आफ्नो दक्ष अनुसार पर्बलाइ मनाउन सुझाब दिईन । उनले यो समाजलाई यहाँ सम्म ल्याउन सबैको योगदान रहेको वताइन् ।
त्यस्तै प्रदेश सभा सदस्य पदम बहादुर शाहीले पछिल्लो समय चाडपर्वहरु भड्किलो बन्दैजाँदा त्यसले श्रमिक तथा मजदुर बर्गलाइ समस्या पारेको बताए । स्वस्थ र सभ्य तरिकाले चार्डपर्वहरु मनाउनु पर्नेमा जोड दिदै उनले दशै पर्बमा नागरिकलाई आर्दश मुल्य मान्यता शुसासन जस्ता कुराको पालना गर्ने सद्बुद्दी प्राप्त होस भन्दै शुभकामना दिए । समाजलाई आफु बाट हुने सहयोग गर्न तयार रहेको उनले वताए ।कार्यक्रममा प्रमुख अतिथि पुर्व सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, बाजुरेली सेवा समाजका अध्यक्ष बजिरसिंह धामी,पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य सन्तोषी शर्मा थापा,समाजसेवी, पत्रकार,बुद्धजिवी,समाजमा आवद्ध व्यक्ति लगाएको उपस्थिति रहेको थियो ।


