बच्चा किन स्कुल जान मान्दैन ?


लेखक : सुन्दराञ्चल      बैशाख २६, २०८० मा प्रकाशित     
बच्चा किन स्कुल जान मान्दैन ?

वैशाख २६, धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् । स्कुल नजानका लागि विभिन्न बहाना बनाउन थाल्छन् । बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् ।

तर किन स्कुल जान मान्दैनन् बालबालिका ? किन स्कुलप्रति उनीहरू आकर्षित हुँदैनन् ? भन्ने कुरामा धेरैको ध्यानै पुगेको हुँदैन । बालबालिकाको पढाइ घरबाट सुरु हुन्छ, त्यसैले उनीहरूलाई स्कुल पठाउनुअघि अभिभावकले केही तयारी गर्नुपर्छ । बच्चा किन स्कुल जान मान्दैन भन्ने कुरा जान्नुपर्छ ।बच्चा स्कुल जान मान्दैन, बहाना बनाउँछ भने त्यसको पछि विभिन्न कारण हुन्छन् । घरमा आमाबुबासँग मात्र बसिरहेको बच्चा एक्कासि अर्को वातावरणमा जाँदा उसलाई त्यो वातावरणमा घुलमिल हुन समस्या हुन्छ, जसले गर्दा बच्चा स्कुल जान नमान्ने बाल मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्य बताउँछिन् ।

स्कुल पुग्नेबित्तिकै बच्चालाई लेख्न, पढ्न लगाइन्छ । तर बच्चाको सानो दिमागलाई पढाइलेखाइको कुरा बुझ्न गाह्रो हुन्छ  त्यसैले पनि बच्चाहरू स्कुल जाने बेला रुन थाल्ने उनी बताउँछिन् ।

‘आजभोलि अभिभावकले बच्चालाई सानैदेखि ग्याजेट देखाएर खाना खुवाउने बानी लगाएको हुन्छ । स्कुलमा त त्यो हुँदैन अनुशासनमा बस्नुपर्ने हुन्छ जसले पनि बच्चाहरू स्कुल जान मान्दैनन्,’ आचार्य भन्छिन् ।
बाल मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्य । फाइल तस्वीर

शिक्षकले सबै बच्चालाई समान व्यवहार गर्दैनन् । बढी जान्ने विद्यार्थीलाई माया गर्ने र कमजोर विद्यार्थीलाई हेला गर्ने प्रवृत्ति समेत देखिन्छ । ‘यसले कमजोर विद्यार्थी हतोत्साहित हुन पुग्छन् । उनीहरूले अपहेलित महसुस गर्छन् । स्कुल सम्झनासाथ उनीहरूको मन खिन्न हुन्छ र स्कुल जान मान्दैनन्,’ आचार्य भन्छिन् ।

बच्चालाई स्कुल जान कसरी प्रोत्साहित गर्ने ?

अभिभावक आफैं उत्साहित हुने

बच्चालाई पहिलो पटक स्कुल पठाउँदा अभिभावक पनि उत्साहित हुनुपर्छ । बच्चालाई स्कुल पठाउने तयारी गर्नुपर्छ स्कुलको बारेमा राम्रो राम्रो कुरा सुनाउनुपर्छ । जसले गर्दा बच्चा पनि स्कुल जान उत्साहित हुने आचार्य बताउँछिन् ।

स्कुलको लागि आवश्यक सामग्री किन्न बच्चालाई साथै लिएर जाने

स्कुल पठाउनुअघि बजार लगेर उसलाई मन पर्ने स्कुल ब्याग, पानीको बोतल, टिफिन बक्स किनिदिनुपर्छ । यसरी बच्चालाई मन पर्ने सामान किनिदिएपछि बच्चा स्कुल जान खुसी हुने आचार्य बताउँछिन् ।

बच्चालाई भर्ना गर्नुअघि स्कुल घुमाउन लैजाने

बच्चालाई स्कुल भर्नाअघि एक पटक स्कुल घुमाउन लैजानुपर्छ । उसलाई शिक्षक र साथीहरूसँग परिचय गराउनुपर्छ । स्कुलको खेल मैदानमा खेल्न दिएर तिम्रो स्कुल कति राम्रो भनेर भनिदिनुपर्ने आचार्य सुझाउँछिन् । ‘यसो गर्दा बच्चालाई पनि स्कुल मन पर्न थाल्छ र खुसी भएर विद्यालय जान्छ,’ उनी भन्छिन् ।

दैनिक रुटिन बनाइदिने

बच्चालाई स्कुल पठाउनुभन्दा १५ दिनअघिदेखि उसको दैनिक रुटिन बनाइदिनुपर्छ । उसलाई विद्यालय जानुभन्दा दुई घण्टा अगाडि उठाउनुपर्छ । बिस्तारै खाना खुवाउने, किताब–कापी तयार पारिदिने गरियो भने उसलाई त्यही दिनचर्याको बानी बस्छ । उसलाई त्यो दिनचर्याको बानी परेपछि स्कुल जानुपर्दा बच्चा नरिसाउने आचार्य बताउँछिन् ।

स्कुलको बारेमा सबै कुरा बताउने

‘स्कुलमा तिमीजस्तै तिम्रो धेरै साथी हुनेछन् । तिमीले उनीहरूसँग खान, खेल्न र नयाँ काम गर्नेछौ’ भनेर बताउनुपर्छ । ‘विद्यालयमा शिक्षक शिक्षिकाले तिमीलाई आमाबुबाले जस्तै माया हेरचाह गर्नुहुन्छ । तिमीले हरेक कुरा शिक्षकलाई बताउन सक्छौं भनेर उसलाई सम्झाउनुपर्छ । जसले गर्दा बच्चा स्कुलको वातावरणसँग परिचित हुन्छ,’ आचार्य भन्छिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap