बच्चा अभिभावक बाट किन टाढा हुन खोज्छन् ?


लेखक : सुन्दराञ्चल      माघ १९, २०७८ मा प्रकाशित     
बच्चा अभिभावक बाट किन टाढा हुन खोज्छन् ?

काठमाडौं माघ १९ जबसम्म मानिसले गल्ती गर्दैैन, तबसम्म उसले धेरै सिक्दैन र जीवनमा आउने चुनौतीका लागि तयारसमेत हुँदैन । यसैले यो आवश्यक छ किन उसले गल्ती पनि गरोस् र उक्त गल्तीहरुको उसलाई महसुस पनि होस् ।तर कयौँ पटक अभिभावक यो कुरा बिर्सन्छन् र आफ्ना छोराछोरीलाई एउटा आकारमा ढाल्ने प्रयासमा लाग्छन् ।

आमा– बुवा आफ्नो छोराछोरीले गल्ती नगरुन् भन्ने चाहन्छन् । त्यसैले आफ्नो तौर तरिका उनीहरुमाथि लाद्ने प्रायस गर्छन् ।जब अभिभावक आफ्ना बच्चाको जीवनको निर्णय आफैंले गर्न थाल्छन् वा ओभर प्रोटेक्टिभ ९असाध्यै सुरक्षात्मक० हुन थाल्छन् भने यस्तो अवस्थालाई ‘ओभर प्यारेन्टिङ’ भनिन्छ ।समयसँगै पेरिन्टिङ ९अभिभावकत्व० को तरिका बदल्नुपर्छः

आफ्नो बच्चाको सुरक्षा र उज्ज्वल भविष्यका लागि सबै अभिभावक सतर्क हुन्छन् ।

अभिभावकलाई यस्तो महसुस हुनु स्वाभाविक पनि हो । पुस्ता फेरिएसँगै पेरेन्टिको तौर तरिका पनि फेरिनुपर्छ । विज्ञानका अनुसार दुई बच्चामा पेरेन्टिङको एउटै तरिका अपनाउँदा यसले दुबै बच्चामा समान प्रभाव पार्दैन । त्यसैले समयसँगै आमा बुवाले आफ्नो तौर तरिकामा पनि परिवर्तन ल्याउन आवश्यक छ ।

के हो ओभेर प्यारेन्टिङ रु

१। आफ्नो बच्चाको जीवन आफ्नो तरिकाले नियन्त्रण गर्नु ।

२। बच्चालाई नराम्रो अनुुभव, दुखाई र चोटबाट परै राख्ने प्रयास गर्नु ।

३। बच्चालाई कुनै किसिमको असफल वा अस्वीकारको अपेक्षा गर्न नदिनु ।

४। बच्चालाई सबै काम आफ्नो तरिकाले गराउने प्रयास गर्नु ।

५।उसको जिन्दगीसँग जोडिएको प्रत्येक सानो ठूलो निर्णय आफैँ लिनु ।

६। हरपल बच्चालाई लिएर अधिक सुरक्षात्मक हुनु ।

७। कुनै नयाँ काम गर्न आफ्नो बच्चालाई रोक्नु ।

ओभर प्यारेन्टिङका कारण हुनसक्छन् यस्ता गल्ती हुनसक्छन्ः

बच्चाबाट असाध्यै ठूलो कुराको आशा राख्नुः

अभिभावक आफ्नो बच्चासँग यति आशावादी हुन्छन् कि बच्चा असफल हुने हो कि भन्ने डर उनीहरुको मनमा हावी हुनेगर्छ ।

करियरको निर्णय आफैँ लिनुः

यस्ता अभिभावक आफ्ना बच्चाको करियर वा पढाईको मामिलामा आफैं निर्णय लिन मुनासिव ठान्छन् ।

साथीहरुसँग घुम्न प्रतिबन्धः

धेरै अभिभावक आफ्ना बच्चाको करियर वा पढाईको मामिलामा आफैँ निर्णय लिन सही ठान्छन् ।

प्रत्येक सानो–तिनो कुरामा पनि रोकटोकः

बच्चाबाट सधै राम्रो अपेक्षाका कारण उनीहरुलाई खानेदेखि लिएर कपडा लगाउने विषयमा पनि रोकटोक गर्न थाल्छन् ।

बच्चालाई नियन्त्रण गर्न खोज्नुः

कहिलेकाँही आमाबुवाले आफ्नो तरिका सही भइरहेको ठान्छन् । उनीहरु आफ्नो बच्चाको कुरा नसुनिकन हरेक कामका लागि अर्डर दिन मुनासिव ठान्छन् ।

अरुको व्यवहारलाई नियन्त्रण गर्नुः

यस्ता अभिभावकले अन्य व्यक्ति जस्तै शिक्षक, साथीभाइ र आफन्तले बच्चालाई उनीहरुको जस्तै व्यवहार गरुन् भन्ने चाहन्छन् । थुप्रै पटक अभिभावकले शिक्षकलाई बच्चालाई होमवर्क नदिन पनि भन्छन् ।

स्रोतः हेल्थलाइन

बच्चालाई बाँच्ने कला सिकाउन आवश्यक छः

– ओभर पेरेन्टिङका कारण तपाईं बच्चामा हावी हुन थाल्नुहुन्छ ।

– यसकारण उनीहरु जीवन बाँच्ने उत्कृष्ट कला सिक्न पाउँदैनन् ।

– कुनै काम नसुम्पिने भएकोले उनीहरु जिम्मेवारी लिन सक्दैनन् ।

– उनीहरुलाई आत्मनिर्भर बन्न दिनुहोस् ताकि जीवनको दौडमा उनीहरु अघि बढ्न सकून् ।

– उनीहरुलाई नयाँ नयाँ कुरा सिक्नका लागि प्रोत्साहित पनि गरिरहनुपर्छ ।

ओभर प्रोटेक्टिभ पेरेन्टिङ स्टाइलमा यस्ता कुरा समावेश हुन्छन् ।

– अभिभावकले कडा नियम बनाएका हुन्छन् जसमा बच्चाले केही रचनात्मक र भिन्न गर्न सक्दैनन् ।

– अलिकति चोट लाग्दा पनि तुरुन्त डाक्टर वा औषधीको मद्दत लिनु

– बच्चालाई यस्तो सजाय दिनु, जुन उनको गल्तीसँग मेल खाँदैन ।

– बच्चाका लागि कडा नियम लागू गर्नु, जसमा बच्चा डराइरहेका हुन्छन् ।

स्कूलमा सफल हुनका लागि बच्चालाई दिनभरी पढ्नका लागि दबाब दिनु ।

स्रोतः हेल्थलाइन

बच्चालाई यस्ता हानी हुनसक्छन्ः

तपाइकाे बच्चा जिद्दी त छैन? अपनाउनुहाेस् यी ६ तरिका - Everest Dainik - News  from Nepal

आत्मविश्वासको कमीः

जब बच्चाको जीवनको हरेक निर्णय उनका अभिभावकले लिन थाल्छन् तब बिस्तारै बच्चाले आफूलाई अरुभन्दा कमजोर ठान्न थाल्छन् ।

सिक्ने मौका पाउँदैनन्ः

बच्चालाई यदि गल्ती गर्न दिइँदैन भने उनीहरुले गल्तीबाट पाठ सिक्ने मौका पनि पाउँदैनन् ।

आत्मसम्मानको कमीः

जो अभिभावकले बच्चालाई आवश्यकताभन्दा बढी केयर गर्छन् वा हरेक समय उनीहरुमाथि निगरानी गर्छन् भने ती बच्चामा आत्मसम्मानको कमी देखिने गर्छ ।

डिप्रेशनको शिकारः

ओभर प्रोटेक्टिभ पेरेन्टका बच्चामा डिप्रेसनको समस्या देखिएको छ । उनीहरु आफूलाई अयोग्य ठान्छन् र तनाव, चिन्ताले ग्रस्त रहन्छन् ।

साथीहरुबीच हाँसोको पात्रो बन्नुः

बच्चाहरु अभिभावकको यस्तो ओभर प्रोटेक्टिभ बिहेवियरका कारण आफ्ना साथीबीच सधैँ हाँसोको पात्र बन्न थाल्छन् ।

निर्णय क्षमतामा ह्रासः

सबै निर्णय अभिभावकले लिन्छन् जसका कारण बच्चाको निर्णय लिने क्षमता कमजोर हुने गर्छ ।

स्रोतः मिशिगन स्टेट युनिभर्सिटी, अमेरिका

ओभर पेरेन्टिङका कारण बच्चाले नकारात्मक व्यवहार सिक्छन्ः

– छिटो र धेरै झुटो बोल्नु

– असाध्यै धेरै दबाब महसुस हुनु

– सधैँ डराइरहेको हुनु

– जोखिम मोल्न डराउनु

– अभिभावकसँग कुरा गर्न हिच्किचाउनु

ओभर प्रोटेक्टिभ अभिभावकले यो कुरा बुझ्नुपर्छ

– सबैभन्दा पहिला हरेक बच्चा विशेष र भिन्न हुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।

– ती अभिभावकसँग कुरा गर्नुहोस् जसलाई तपाईं कूल र रिल्याक्स्ड ठान्नुहुन्छ ।

– बच्चालाई उनीहरुको उमेर अनुसार व्यवहारको आशा राख्नुहोस् ।

– बच्चामा यदि गलत बानीको विकास भइरहेको छ भने बसेर कुराकानी गर्नुहोस् ।

– बच्चाको गल्तीमा ठूलो प्रतिक्रिया दिनुको साटो उसलाई सम्झाउनुहोस् ।

– उसलाई आफैंले निर्णय दिने मौका दिनुहोस् ।

– यदि उसलाई खेलमा रुची छैन भने उसलाई खेल मैदानमा घुमाउन लैजानुहोस् ।

– बच्चाको सानोतिनो समस्यालाई हल गर्ने कोसिस नगर्नुहोस्, उनीहरुलाई आफैं गर्न दिनुहोस् ।

– नयाँ र सिजर्नशील काम गर्नका लागि प्रोत्साहित गर्नुहोस् ।

स्रोतः मिशिगन स्टेट युनिभर्सिटी, अमेरिका   एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap