फिल्म सिटी बनाउन भुवन केसीले खोजे प्रदेश सरकार,


लेखक : सुन्दराञ्चल      पुस १७, २०७९ मा प्रकाशित     
फिल्म सिटी बनाउन भुवन केसीले खोजे प्रदेश सरकार,

पुष १७ काठमाडौं । दोलखामा अन्तर्राष्ट्रियस्तरको फिल्म छायांकन सिटी बनाउन चलचित्र विकास बोर्डले प्रदेश सरकार र निजी क्षेत्रको साथ खोजेको छ भीमेश्वर नगरपालिकास्थित लाकुरीडाँडामा सिटी बनाउनेबारे अध्ययन गर्न यसै सप्ताहन्तमा बोर्ड अध्यक्ष भुवन केसीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पदाधिकारी त्यहाँ पुगेका थिए ।

त्यस क्रममा ११ वर्षदेखि निर्माण सुरु गर्ने भनिएको तर काम अघि नबढेको क्षेत्रमा पुगेर उनीहरुले त्यहाँ भएका प्रगति विवरण, सम्भाव्यता तथा तीन तहका सरकार र निजी क्षेत्रसँगको लगानी सहकार्यको सम्बन्धमा छलफल गरेका थिए ।

बोर्ड अध्यक्ष केसीले आफूहरुले यो ठाउँमा बन्ने स्टुडियोमा चाँडै नेपाली र विदेशी फिल्म सुटिङ भएको हेर्न चाहेको बताए । ‘फिल्म सिटी एक छुट्टै संसार हो । मैले बलिउड र हलिउडमा देखेको फिल्म सिटी पनि यस्तै हो,’ केसीले भने ।

बोर्डको मात्र नभएर सरकारको रुचि नै सिटीमा भएको उनले बताए । ‘चलचित्रले मनोरञ्जनको माध्यम मात्र नभएर कला, संस्कृतिको विकास र पर्यटन प्रवद्र्धनमा भूमिका पनि खेल्छ । हामी छिट्टै नै नेपाली र विदेशी फिल्म यो सिटीमा छायांकन भएको हेर्न चाहन्छौं,’ उनले भने ।

अध्यक्ष केसीले फिल्ड भिजिट गरेपछि आफूले फिल्म सिटी निर्माणको क्षेत्रलाई सोचेको भन्दा निकै फरक भौगोलिक अवस्थामा पाएको बताए । ‘मैले यसअघि यो सिटीलाई सामान्य रुपमा बुझेको थिएँ । बोर्ड अध्यक्ष बनेर आइसकेपछि विस्तृत अध्ययन र फिल्ड भिजिटमा पुगेपछि निकै विशाल पाएँ । हामीले सुनेको आधारमा बनाउँदै आएको धारणा भन्दा निकै वृहत स्थान रहेछ,’ उनले भने ।

केसीले निकै ठूलो योजना भएको हुँदा तुरुन्तै सम्पन्न नहुने बताउँदै सहकार्यको लागि सबै तहका सरकार र निजी क्षेत्रलाई आह्वान गरे ।

दोलखामा फिल्म सिटी निर्माणस्थलको अवलोकन गर्ने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलगायत

छलफलमा नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले दोलखावासीले फिल्म सिटीलाई सपनाको रुपमा हेरेको बताए । परियोजना सुरु भएको लामो समय बितिसकेको भए पनि सोचेअनुरुप प्रगति नदेखिएको बताउँदै उनले भने, ‘लगानीको समस्याका कारण काम थालनी गरी बेवारिसे रुपमा छोडिन थालेपछि सरकारकै अन्य मन्त्रालयले यसभित्रै आँखा लगायो । सरकारी संयन्त्रहरु कुन अवस्थामा रहेछन् भन्ने कुरा फिल्म सिटीको कथाव्यथाले बताउँछ ।’

बोर्डले केही वर्ष पहिले दुई हजार रोपनी जग्गामा करिब १६ अर्ब लगानीको डीपीआर तथा मास्टरप्लान तयार गरेको थियो । जसअन्तर्गत विद्युतको प्रसारण लाइन तान्ने, स्टुडियोभित्र पर्ने ६ किलोमिटर बाटो कालोपत्रे गर्ने, प्रवेशद्वार तथा सूचना केन्द्र तथा गेस्ट हाउसको लागि तीनवटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको देखिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap