फिफा विश्वकपको समूह चरणको खेल यसअघि जस्तो रहेन


लेखक : सुन्दराञ्चल      मंसिर १८, २०७९ मा प्रकाशित     
फिफा विश्वकपको समूह चरणको खेल यसअघि जस्तो रहेन

१८ मंसिर, काठमाडौं । फिफा विश्वकपको समूह चरणको खेल यसअघि जस्तो रहेन । मध्यपूर्वी राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकप अनपेक्षित नजिताले भरिपूर्ण भयो ।

समूह चरणका खेलमै यसपल्ट महारथी भनिएका टिमहरुलाई कमजोर आँकिएका ‘अन्डर डक’ टिमहरुले पराजित गरे ।

३२ टोली सम्मिलित विश्वकपमा ८ समूह थियो र समूह चरणमा ४८ खेल सञ्चालन भएका थिए । ती ४८ खेलका क्रममा बनेका केही रोचक तथ्यहरु :

पाँच विश्वकपमा गोल गर्ने रोनाल्डो

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो लगातार पाँच विश्वकपमा गोल गर्ने एक्ला खेलाडी बने । उनले २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकपमा गोल गर्दै व्याक्तिगत रेकर्ड राखेका हुन् ।

घानाविरुद्ध ३–२ को जितमा सम्भव भएको पेनाल्टी गोल उनले लगातार पाँचौं विश्वकपमा गरेको गोल बन्यो । ३७ वर्ष २९२ दिनको उमेरमा उनले पोर्चुगलका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमानसमेत बनाए ।

उनी २००६ को विश्वकपमा पोर्चुगलका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी थिए । उनी २००६ मा पहिलो पटक गोल गर्दा २१ वर्ष १३२ दिनका थिए ।

गाभी

सन् २००४ मा जन्मिएका गाभीले यसपल्ट विश्वकपमा गोल गरे । १८ वर्षको उमेरमा उनले कोस्टरिकासँगको ७–० को फराकिलो जितमा गोल गरेका हुन् । यो स्पेनले फिफा विश्वकपमा गरेको सबैभन्दा ठूलो अन्तरको जित हो ।

गाभी विश्वकपमा गोल गर्ने स्पेनकै सबैभन्दा कान्छो खेलाडी बनेका छन् । विश्वकपमा गोल गर्ने कान्छो खेलाडी भने ब्राजिलका पेले हुन् । उनले १७ वर्ष २३९ दिनको उमेरमा सन् १९५८ मा स्वीडेनविरुद्ध गोल गरेका थिए ।

लियोनल मेसी

लियोनल मेसी अर्जेन्टिनाको लागि चार विश्वकपमा गोल गर्ने खेलाडी बने । उनले २००६, २०१४, २०१८ र २०२२ मा गोल गरेका हुन् । उनले यस संस्करणको पहिलो खेलमा साउदी अरेबीयासँग पेनाल्टीमार्फत गोल गरेका हुन् । उनले डिएगो म्यारडोना र ग्रबियल बाटिस्टुटाको रेकर्ड तोडेका हुन् ।
म्यारडोनाले १८२, १९८६ र १९९४ मा गोल गरेका थिए भने, बतिस्टुटाले १९९४, १९९८ र २००२ मा गोल गरेका थिए । यो उनको अर्जेन्टिनाका लागि ९२औं गोल थियो । मेस्सी सन् २००६ यता सबै विश्वकपमा असिस्ट गर्ने खेलाडी पनि हुन् ।

ओलिभर जिरोड

३६ वर्षीय फ्रान्सेली फरवार्ड जिरोडले अष्ट्रेलियाविरुद्ध ४–१ को जितमा २ गोल गर्दै फ्रान्सका लागि सर्वाधिक गोलकर्ता थिएरी हेनरीसँग बराबरी गरेका छन् । जिरोडे फ्रान्सका लागि ५१औं गोल गरेका हुन् ।

साउदी अरेबियाद्वारा अर्जेन्टिना पराजित

यसपल्टको विश्वकपमा भएको रोचक खेलमध्ये एक थियो साउदी अरेबिया र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा । समूह चरणको आफ्नो पहिलो खेलमै साउदीले अर्जेन्टिनालाई २–१ ले हरायो ।

फिफा वरीयतामा ५३ औं स्थानमा रहेको साउदी अरेबियाले फिफा वरीयताको तेस्रो स्थानमा रहेको अर्जेन्टिनालाई पराजित गर्‍यो ।

फरक देशबाट दुई दाजुभाइको विश्वकप खेल

घानाका इनाकी विलियम्स र स्पेनका निको विलियम्सले सहोदर दाजुभाइ हुनुका बाबजुद फरक राष्ट्रबाट विश्वकप खेले ।

विश्वकपको इतिहासमा यो अनौठो संयोग हो । यी दुई दाजुभाइले नोभेम्बर २४ मा फरक राष्ट्रबाट खेले ।

कतार

कतार पहिलो आयोजक राष्ट्र हो, जसले समुह चरणको सबै खेल हार्‍यो । कतारले पहिलो खेल इक्वेडरसँग २–०, सेनेगलसँग ३–१ र नेदरल्यान्ड्ससँग २–० को हार बेहोरेको हो । यो विश्वकपमा समूहका सबै खेल हार्ने कतार र क्यानडा मात्र हो ।

वेन हेनसी

वेल्सका गोलरक्षक वेन हेनसी कतार विश्वकपमा पहिलो रातो कार्ड खाने खेलाडी बने । उनले इरानसँगको सिधा रातो कार्ड बेहोरेका हुन् । फिफा विश्वकपको इतिहासमा रातो कार्ड खाने उनी तेस्रो गोलरक्षक हुन् ।

इनर भ्यालेन्सिया

इक्वेडरका ३३ वर्षीय खेलाडी इनर भ्यालेन्सिया इक्वेडरका लागि विश्वकपमा ६ गोल गर्ने खेलाडी बनेका छन् । नेदरल्यान्ड्सँगको गोल उनले इक्वेडरका लागि गरेको छैटौं गोल हो ।

अन्य कुनै इक्वेडर खेलाडीले खेलको सामान्य मिनेटमा ६ गोल गरेका छैनन् । भालेन्सियाले २०१४ मा समुह चरणको खेलमा ३ गोल गरेका थिए ।

लेवोन्डोस्कीको विश्वकपमा पहिलो गोल

दुईपल्टका फिफा वर्ष खेलाडी रोर्बट लेवोन्डोस्कीले कतारमा जारी विश्वकपमा पहिलो गोल गरे । उनले साउदी अरेबियालाई २–० ले पराजित गर्दा आफ्नो पहिलो विश्वकप गोल गरे ।

बार्सिलोना स्ट्राइकर ३४ वर्षीय लेवोन्डोस्की विश्वकपमा पहिलो गोल गरेपछि भावुक भए । उनले पाँच विश्वकप खेले पनि एक पटक पनि गोल गर्न सकेका थिएनन् । लेवोन्डोस्कीले करिअरको ६०० गोल पूरा गरे । उनले पेलको ७७ अन्तर्राष्ट्रिय गोल रेकर्डसँग बराबरीसमेत गरे ।

२०२२ विश्वकपमा सबैभन्दा छिटो गोल

क्यानडियन डिफेन्डर अलफोन्सो डेभिसले २०२२ विश्वकपमा आफ्नो पहिलो विश्वकप गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गोल गरेका हुन् । विश्वकपमा समूह चरणको खेलमा सबैभन्दा छिटो गरिएको गोल हो ।

कुनै पनि टिमले समूह चरणमा शतप्रतिशत जित निकाल्न सकेनन्

यो पहिलो विश्वकप संस्करण हो, जसमा कुनै पनि टिमले, समुह चरणमा शतप्रतिशत जित निकाल्न सकेनन् । विश्वकपका ३२ राष्ट्रमध्ये सबै समूह चरणमा कम्तिमा एकपल्ट पराजित भए । समूह चरणको तीन खेलमा तीनै खेल जित्ने एक टिम पनि रहेनन् ।

अफ्रिकाको खुसी

मोरक्को पहिलो अफ्रिकन टिम हो, जसले समूह चरण पार गर्‍यो । अन्तिम १६ मा मोरक्कोले स्पेनसँग खेल्नेछ ।

वैकल्पिक खेलाडीको गोल

यस विश्वकपको ४८ खेलमा खेलमा २३ गोल वैकल्पिक खेलाडीले गरेका छन् ।

यस विश्वकपमा सबैभन्दा रोचक वैकल्पिक खेलाडीको गोलमा, दक्षिण कोरियाका वैकल्पिक खेलाडी हि–छङ ह्वाङले ९१ औं मिनेटमा गरेको गोल पनि पर्छ ।

उनको गोलले दक्षिण कोरियाले पोर्चुगलविरुद्ध २–१ को जितसहित अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap