धनगढी चैत २, विज्ञान र प्रविधिको मुल मन्त्र समृद्ध नेपालको लागि बौद्धिक संयन्त्र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन पिन सुदूरपश्चिम प्रदेश कमिटीको तेश्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । बन्द सत्रको हलमा पिन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष मण्डलको अध्यक्षतामा भएको हो । पिन सु.प प्रदेशका संङ्गठित तथा आर्थिक प्रतिवेदन सर्वसम्मानीत पारित गरीएको छ ।
पिन सुदूरपश्चिम प्रदेश कमिटीको तेस्रो प्रदेश अधिवेशनबाट पिनको विधान बमोजिम तपसिलको प्रदेश कमिटी सर्वसम्मानितले गठन भएको छ र अध्यक्षमा क. चुडामणी कलौनी ,उपाध्यक्ष क.हिक्मत बहादुर चौधरी सचिव .क.दिपक उपाध्याय, सहसचिवमा योगेश प्रताव कुवँर , कोषाध्यक्षय स्मारिका
बम,सदस्यहरुमा ,प्रयाग राज जैशी बाजुरा जिल्ला ईन्चार्ज , प्रमोद सिहँ मन्याल, बिरेन्द्र सिहँ बडाला, हिक्म रावल, बझाँग जिल्ला इन्र्चाज,विशाल रावल, मान बहादुर साउँद, पवन कठायत, हरकेश धामी, योगेश बिक,विनोद चौधरी , प्रेम पुरी ,तिर्थ साउद, खगेन्द्र जोशी, तहण भट्ट्र चयन भएको सचिव दिपक उपाध्याले जानकारी दिए ।
नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीकाे प्रमुख आथित्यतामा भएकाे अधिवेशन उद्घाटन सत्रका विशिष्ट अतिथि पार्टीका प्रदेश सचिव रणबहादुर चन्द थिए । पिनका सुदूरपश्चिम इन्चार्ज पवन रावलकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
