धनगढीमा प्रारम्भिक शिक्षाका विषयमा शिक्षक शिक्षकाहरुलाई दुई दिने तालिम सुरु


लेखक : सुन्दराञ्चल      मंसिर २९, २०८० मा प्रकाशित     
धनगढीमा प्रारम्भिक शिक्षाका विषयमा शिक्षक शिक्षकाहरुलाई दुई दिने तालिम सुरु

महादेव गिरी संवाददाता

धनगढी मंसिर २९,चैतन्य इन्स्टिच्युट फर रिसर्च एण्ड डेभलपमण्ट शिवनगर धनगढीको आयोजनामा पूर्व प्राथमिक तहका शिक्षकका लागि तालिम आजदेखी धनगढीमा सुरु भएको छ । चैतन्य इन्स्टिच्युट फर प्रारम्भिक शिक्षाका विषयमा शिक्षक शिक्षिकाहरुका लागि तालिम सुरु भएको हो । चैत

न्य रिसर्च एण्ड डिभलोम्यनेट सेन्टरले धनगढीमा अध्यापन गराइरहेका शिक्षक, शिक्षिकाहरूका लागि दुई दिने तालिमको आयोजना गरेको हो ।
चैतन्य रिसर्च एण्ड डिभलोम्यनेट सेन्टरका अध्यक्ष डा, हेमराज पन्तको अध्यक्षयतामा भएको तालिमको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा।हरी लम्सालले गरे ।

सो अवसरमा बोल्दै प्रमुख सचिव डा।लम्सालले अहिलेको शिक्षा विग्रदै गइरहेको बताए । उनले प्रविधिको युग भएपनि शिक्षा क्षेत्र झन् खसकिदो अवस्थामा रहेको बताए । कयौँ व्यक्तिहरू शिक्षा पेशामा लागेको भएपनि शिक्षाप्रति लगाव नै नभएको उनको भनाइ छ ।
शिक्षामा लगाव बढ्न सक्यो भने गुणस्तरीय शिक्षा दिन सकिने उनले बताए ।

Open photo

उनका अनुसार शिक्षा पेशामा लागेकाहरूले इमान्दारी पूर्व काम गर्न सके भने शिक्षामा ठुलो उपलब्धि हुने उनको विश्वास छ । शिक्षाको सुधारका लागि सुदूरपश्चिमको कैलाली लगायतका अन्य जिल्लाका विद्यालयहरुले पनि यस प्रकारका तालिम सञ्चालन गर्न आवश्यक रहेको चैतन्यका सिईओ गणेशप्रसाद जोशीले बताए । शिक्षाको सुधारका लागि माथिल्लो तह भन्दा पनि तल्लो तहमा बढी जोड दिन आवश्यक रहेको उनले औल्याए ।

तालिममा धनगढीका ६ वटा निजी विद्यालयका शिक्षक, शिक्षाकाहरु सहभागी छन् । तालिमको सहजकर्ता काठमाडौँ विश्व विद्यालयकी प्रोग्राम संयोजक डा।मिनाक्षी दाहाल र सुस्मा दाहाल रहेका छन् । भने

चैतन्य पाठशाला स्कुलका सहायक प्रिन्सिपल कटकबहादुर सिंहले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य चैतन्यका सिई ओ गणेशप्रसाद जोशीले राखेका थिए ।

Open photo

Open photo

 

Open photo

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap