प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर र भीम रावल गौरा पर्वमा सँगै देउडा खेल्दै


लेखक : सुन्दराञ्चल      भदौ ७, २०८० मा प्रकाशित     
प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर र भीम रावल गौरा पर्वमा सँगै देउडा खेल्दै

 ७ भदौ : राजधानीमा बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरापर्व मनाएका छन् । भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त पर्वको पहिलो दिन सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति थियो । काठमाडौंको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको आयोजनामा भएको मेलामा सुदुरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
गौरा (पार्वती) को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्तिसँगै मोक्ष्य प्राप्त हुने विश्वास जनमानसमा छ ।

गौरा पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलसहितका नेताहरुले देउडा नाचेका छन् ।
कार्यक्रममा उपस्थित खडकबहादुर सिजापतीले आफ्नो कला संस्कृति र धर्मलाई बचाइ राख्नका निम्ती सबै सुदूरपश्चिम, कर्णाली र मध्यपश्चिमका मानिसलाई लक्षित गरी मनाउने गरिएको बताए । उनले आफूहरुको पहिचान जोगाउनका लागि पनि कला सांस्कृतिको संरक्षण गर्दै गौरा पर्व मनाउने गरिएको बताए । उनले विशेष गरी युवाहरूले यस पर्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले यस पर्वलाई सुदूरपश्चिमको सिञ्जा उपत्यकाको सभ्यताका रूपमा जोगाउनुपर्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap