प्रचुर सम्भावना बोकेको बाजुराको बडिमालिका तिर्थयात्रा सुरु


लेखक : सुन्दराञ्चल      साउन ३०, २०८१ मा प्रकाशित     
प्रचुर सम्भावना बोकेको बाजुराको बडिमालिका तिर्थयात्रा सुरु

महादेव गिरी संंवाददाता,

बाजुरा साउन ३०, सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडीमालिको आज देखी तिर्थयात्रा सुरु भएको छ । धार्मिक तथा प्राकृतिक पर्यटनको दृष्टि बाट प्रचुर सम्भावना नै सम्भावा बोकेको प्रर्यटकीए क्षेत्र हो । उक्त बडीमालिका मन्दिरमा हरेक वर्ष जनै पूर्णीमाको दिन देखि मन्दिरमासर्दालु भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

बडीमालिकाको दर्शन गर्न कैलाली, डडेलधुरा, डोटी , दाचुर्ला, बझाँङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौँ, भारतको गडवाल, सिक्कीम, लगाएतका ठाँउबाट भक्क्तजनहरु बडीमालिको दर्शन गर्न हिडीसकेका छन् । भने उक्त क्षेत्रमा जनैपुर्णीमाको दिनमा राति २ बजे देखि नै भक्क्तजनहरु पुजा गर्नको लागि लाम्मबन्द लाग्ने गर्दछन् । पर्यटनको लागि बडीमालिका भूस्वर्गनै हो धार्मिक पौणाणिक कथा, अनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष, प्रजावतिले यज्ञ गर्ने समयमा महादेवलाई नवोलाएको र सति देवी ले दक्ष प्रजापतिको यज्ञ, स्थलमा गएर पितासित आफ्नो पति महादेवलाई किन नवोलाएको कारण सोधेकी थिईन, उक्त समयमा दक्ष, प्रजावतिले भनेका थिए , महादेव, भाङ्ग, धतुरो, खाने सम्सान घाटमा बास बस्ने, धाँटीमा सर्पको माला लगाएर जटाधारी कपाल पालेको भेषमा रहने शरिरमा खरानी घस्ने बाघको, छाला, लगाएर बस्ने, शोभाव नभएकालाई आफ्नो यज्ञमा नबोलाएको उनले बताएका थिए ।

दक्षले त्यस्तो उत्तर दिएपछि सतीदेवीले आफ्नो पतिलाई हेला गरेको भन्दै सतीदेवीले यज्ञ कुण्डमा हामफालेर देह त्यागेकी थिएन् ।सतीदेवीको विलापमा परेका महादेवले सतीदेवीको मृत लास पिठीउँमा बोकेर हिडेका महादेव जहाँ सतिदेवीको अंग पतन भयो त्यहाँ त्यहाँ शक्क्ति पिठको स्थापना भएकाले बडीमालिकामा पनि सतीदेवीको अंग पतन भएकाले बडीमालिकामा शक्तिm पिठको रुपमा स्थापित भएकी हुन् । त्यहाँ गएर दर्शन गर्दा मनले सोचेको वा मागेको फल प्राप्त हुने भएकाले भक्क्तजनहरु कष्ट सहेर पनि बडीमालिकामा दर्शन गर्ने त्यहाँ जाने गरेको पाइन्छ ।

बाजुराको बडिमालिकामा तिर्थयात्रा सुरु भएको छ । उक्त क्षेत्रमा विभिन्न किसिमका जडी, बुटीहरु, कन्दमुल, पाँचअ‍ौले, पदमचारो, कटुकी, गधाल्नु, भिडायती, आदि पाइने गरेको छ भने, करिब सय भन्दा बढी प्रजातिका फूलहरु समेत पाईने गरीन्छ ।उक्त क्षेत्र समुुद्री सतह देखि ४ हजार २ सय १६, मिटर उचाईमा रहेको छ सुदूपश्चिमकै, प्रसिद्र, धार्मिक तथा पर्यटकीय, क्षेत्र, बोकेको उक्त, बडीमालिका क्षेत्रमा हरेक वर्ष भक्तmजन आउने गरेका छन् ।
बडीमालिका मन्दिरमा स्थानिएका अनुसार जे आफूले मनले सोचेको छ जे बर माग्छु भनेर घरबाट गईन्छ । उक्त मन्दिरमा पुजा गर्ने , कर्ममा मागेमा पुरा हुने भक्तmजन बताएका छन् । नेपाल लगाएत भारतको गडवालबाट समेत दर्शन गर्न भक्तजनहरु हिँडी सकेका छन् ।भने डोटीको शैलेश्वरी मन्दिरबाट सरकारी टोली समेत हिडीसकेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap