पूर्वी युक्रेनका नागरिकलाई सरकारले भन्यो– तत्काल सुरक्षित स्थानमा जानूआग्रह


लेखक : सुन्दराञ्चल      चैत्र २४, २०७८ मा प्रकाशित     
पूर्वी युक्रेनका नागरिकलाई सरकारले भन्यो– तत्काल सुरक्षित स्थानमा जानूआग्रह

 २४ चैत,युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेन- खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् । रुसी सेनाले सो क्षेत्रमा हमला तीव्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन् ।

‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् । सरकारको अनुरोधपछि ती  क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् ।

रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो । रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजनामा रहेको बताइन्छ ।

यसैबीच, अमेरिकाले रुसी राष्ट्रपतिका दुई वयस्क छोरीहरू र रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले युद्ध अपराध गरेको आरोप लगाउँदै अमेरिकाले पछिल्लो कदम चालेको हो ।

त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुचा सहरमा रुसी सेनाले सर्वसाधारणको नरसंहार गरेको बताएका छन् ।  एजेन्सी
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap