पहिलो वर्षको परीक्षा नभई दोस्रो वर्षको अध्यापन सुरू


लेखक : सुन्दराञ्चल      कार्तिक ३०, २०७९ मा प्रकाशित     
पहिलो वर्षको परीक्षा नभई दोस्रो वर्षको अध्यापन सुरू

३० कात्तिक, काठमाडौं । ललितकला कला क्याम्पसमा अध्ययनरत ४ वर्षे बीएफए (ब्याचलर अफ फाइन आर्टस्) पहिलो वर्षको परीक्षा नभई दोस्रो वर्षको अध्यापन सुरू गरेको छ ।

चैतमा हुनुपर्ने परीक्षा अहिलेसम्म नभएको र भर्ना नखोली दोस्रो वर्षको अध्यापन थालेपछि विद्यार्थीहरु अलमलमा परेका छन् । विद्यार्थी विख्यातप्रसाद हयजु भन्छन् ‘चैतमा परीक्षा फाराम भरायो तर परीक्षा अझै भएको छैन । एक महिना अघिबाट विना भर्ना दोस्रो वर्ष अध्यापन गराउँदैछ ।’

परीक्षा किन नभएको भनेर क्याम्पसमा बुझ्न खोज्दा परीक्षा नियन्त्रण कार्यलय बल्खुलाई देखाउने र बल्खुले क्याम्पसले विद्यार्थी विवरण नपठाएको भन्दै क्याम्पसलाई देखाउने गरेको विद्यार्थी हयजुले गुनासो गरे ।

यता, क्याम्पस प्रमुख डा.रमेश पोख्रेलले भने परीक्षा नियन्त्रण कार्यलयले कोभिडको बेला सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्नमा जुटिरहेको र नतिजा प्रकाशन नगरी परीक्षाको लिन नमिल्ने भएकोले मंसिरभित्र परीक्षा तालिका निकाल्ने प्रतिद्धता जनाएको बताए ।

‘बल्खु पहिला नतिजा सार्वजनिक गर्ने भन्ने कुरामा केन्द्रित भएको छ । विद्यार्थीहरुको धेरै गुनासोपछि हामी अस्ति गएका थियौं । कर्मचारी दिनुपर्छ कि के गर्नुपर्छ हामी सहयोग गर्न तयार छौं छिटो परीक्षा लिने तयारी गर्दिनुहोस् भनका छौं’ उनले भने, ‘सहायक नियन्त्रकले नतिजा सार्वजनिक गरी नसकी परीक्षा तालिका निकाल्दनौं । मंसिर भित्र निकाल्छौं भनेर प्रतिवद्धता जनाउनु भएको छ ।’

पनिकाले प्रतिवद्धता जनाएपछि विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर दोस्रो वर्षको अध्यापन सुरू गरेको उनले बताए । उनले अनलाइनखबरसँग भने, ‘परीक्षा नभएपनि हामीले पढाउन त छोड्नु भएन, विद्यार्थीको सिकाई टुटाउन भएन भनेर हामीले अध्यापन थालेका हौं । विद्यार्थीको वर्ष नगुमोस् भनेर अधिकत्तम प्रयास गरिरहेका छौं।’

परीक्षा नियन्त्रण कार्यलयले तीन वर्षे, चार वर्षे बीए, चार वर्षे बीएफएको परीक्षा तालिका मंसिरभित्र जारी गर्ने प्रतिवद्धता जनाएकोले परीक्षा नभई भर्ना खुलाउन नमिल्ने भएकोले भर्ना नलिई त्यसबेलासम्म विद्यार्थीको पढाईलाई निरन्तरता दिनको लागि पढाइ सुरू गरेको क्याम्पस प्रमुखको जिकिर छ । अहिले दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap