पहिला असल अभिभावक बन्नुहोस् ? असल अभिभावकबाट नै असल परिवार बन्छ , डाक्टर चिन्तामणी योगी ,


लेखक : सुन्दराञ्चल      चैत्र १६, २०७८ मा प्रकाशित     
पहिला असल अभिभावक बन्नुहोस् ? असल अभिभावकबाट नै असल परिवार बन्छ , डाक्टर  चिन्तामणी योगी ,

महादेव गिरी 

संवाददाता  

धनगढी चैत १६। धनगढी उपमहानगरपालीका ५ शिवनगमा चैतन्य पाठशाला स्टोन ब्रिज सेकेण्डरी स्कुलको आयोजनामा असल अभिभावक,सुखी परिवार, अभिभावक शिक्षा कार्यक्रम गरिएको छ । उक्त सेकेण्डरी स्कुलले असल अभिभावक, सुखि परिवार बिषयका बारेमा शिक्षक, अभिभावक तथा बिद्यार्थीका बिच सो कार्यक्रम गरिएको हो । पछिल्लो समयमा शिक्षा क्षेत्रमा देखीएका ब्यवहारिक समस्या र अभिभावक तथा शिक्षक बिचको समन्वय नहुनुले असल अभिभावक र खुसी परिवार हुन नसकेको सहभागिहरुको भनाई रहेको थियो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथी तथा वक्ता डाक्टर चिन्तामणी योगीले पहिला असल अभिभावकबाट नै घ परिवार संस्कारको सुरुवात हुने भएकाले पहिला असल अभिभावक हुनु जरुरी रहेको बताए । उनले भने पहिला असल अभिभावक बन्नुहोस, असल अभिभावकबाट परिवार असल बन्छ, असल परिवारबाट समाज, असल समाजबाट असल देश बन्ने उनको धारणा छ । यस्तै स साना बालबालीका घरपरिवारको संस्कार सिक्दै हुर्कीदै आएकाले समाज तथा बिद्यालयमा पनी प्रभाब पर्ने उनले बताए । जब घरपरिवारबाट राम्रो संस्कार, शिक्षाबाट अगाढी बढ्यो भने राम्रो तथा खुसी परिवार बन्ने उनको भनाई छ ।

No description available.

यस्तै आयोजक तथा चैतन्य पाठशाला स्टोन ब्रिज सेकेण्डरी स्कुलका अध्यक्ष हिमाल शाहले शिक्षक, अभिभावक तथा बिद्यार्थीका बिच आपसी समन्वयात्मक छलफल हुनुपर्ने बताए । पछिल्लो समयमा बिभिन्न बिकृर्ती बिसंगतीले बिद्यार्थी शिक्षक तथा शिक्षामा नराम्रो असर पारेकाले डाक्टर चिन्तामणी योगीले भनेजस्तै आपसी समन्वयात्मक, संस्कार तथा अनुशासीत बन्नुपर्ने जोड दिए । जस्बाट चेतनाको बिस्तार

No description available.हुने,सकारात्मक सोचको बिकास हुने, ब्यक्तीत्वको बिकास हुने उनले बताए । यस्तै  बिद्यालयका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी ले पनी प्राकृतिक अभ्यासको जरुरत पर्ने बताए । त्यस्तै अभिभावक जगत प्रसाद जोशीले भौतिक सुख सुबिधा भन्दा नैतिकशिक्षा तथा संस्कारबाट ब्यवहारीक शिक्षा, स्वास्थ्य लगायतको बिकास हुने बताएका छन् । कार्यक्रमका सभापतीको रुपमा हिमाल शाह, कार्यक्रमका प्रमुख अतिथी तथा आध्यात्मीक वक्ता डा,चिन्तामणी योगी, बिशिष्ट अतिथीमा गणेश बहादुर सिँह,कार्यक्रममा स्वागत मन्त्व्य गणेश प्रसाद जोशीले गरेका थिए । महेश दाहाल, मेखराज दाहाल, शिक्षक संघ अध्यक्ष मनिराज थापाले प्रस्तुति राखेका थिए ।

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap