पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा फाइनलमा प्रवेश,


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०७८ मा प्रकाशित     
पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा फाइनलमा प्रवेश,

काठमाडौं  १७ चैत, । पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ ।

ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र बिहीबार नै डेब्यू गरेका खेलाडी आदिल अन्सारी अनि करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो ।

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी-२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक विकेट हो ।

सन् २०१४ मा बंगलादेशमा टी-२० विश्वकपमा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको यो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल हो । ऐतिहासिक खेलमा नेपालले शानदार जित हात पार्दै एक खेल अगावै श्रृङ्खलाको फाइनलमा समेत स्थान बनायो ।नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

लगातार तीन खेल हारेको पीएनजीको भने फाइनल पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । पीएनजीले शुक्रबार मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न पीएनजीले मलेसियालाई हरानुपर्नेछ । नेपालले लिगको अन्तिम खेल शनिवार मलेसियासँग खेल्नेछ ।

नेपालली बलरले उत्कृष्ट प्रदर्शन गर्दा २०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा १६६ रनमा अलआउट भयो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए । यस्तै टोनी उराले ४३ र सेस बाउले २५ रन जोडे ।

नयाँ बल बलिङ गरेका करण केसीले उत्कृष्ट बलिङ गर्दा लक्ष्य पछ्याउने क्रममा पीएनजीले दुवै ओपनरलाई व्यक्तिगत एक रनमा गुमायो । लेगा सिएकालाई पहिलो ओभरमा करण केसीले आसिफ शेखबाट क्याचआउट गराए ।

यो विकेटसँगै करणले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । यस्तै तेस्रो ओभरमा कप्तान असद भालालाई पनि करणले सोमपाल कामीबाट क्याचआउट गराउँदा पीएनजीले १३ ओभरमा २ विकेट गुमायो ।

त्यसपछि चार्ल्स अमिनी र टोनी उराले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे । सोमपाल कामीले यो साझेदारी तोड्दै दुवैलाई आउट गरे ।

सोमपालले १२औं ओभरामा ४३ रन बनाएका उरालाई आउट गरे । त्यसपछि १४औं ओभरमा अमिनीलाई आउट गरे । दुवैलाई कुशल भुर्तेलबाट क्याचआउट गराए । अमिनीले ४७ बल खेल्दै ९ चौका प्रहार गरे ।

त्यसपछि नोर्मन भानुअ र सेस बाउले पीएनजीको इनिङ्सलाई अघि बढाएका थिए । तर १८औं ओभरमा अविनाश बोहराले दुवैलाई आउट गरेपछि पीएनजीले १५८ रनमा ६ विकेट गुमायो ।

अविनाशले १७ रन बनाएका भानुअलाई उक्त ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए भने तेस्रो ओभरमा बाउलाई बोल्ड गरे ।

रिले हेकुरे ७ रन बनाएर १९औं ओभरको अन्तिम बलमा बउट भए । उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले करण केसीबाट क्याचआउट गराए ।

यस्तै अन्तिम ओभरमा करणले ह्याट्रिक विकेट लिए । उनले उक्त ओभरको दोस्रो २ रन बनाएका चाड सपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाइलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गराए ।

बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । सोमपाल कामी र अविनाश बोहराले ४ ओभरमा समान ३४ रन खर्चेर २-२ विकेट लिए । यस्तै कप्तान सन्दीपले १ विकेट लिन ४ ओभरमा ३७ रन खर्चिए ।

त्यसअघि दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेपछि नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले ३३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । यसै खेलबाट टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ३१ रन बनाए । उनले ११ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्रले १९औं ओभरको अन्तिम बलमा आउट हनुअघि ४ ओभर ४ बलमा आदिल अन्सारीसँग मिलेर ७६ रनको साझेदारी गरेका थिए । यस्तै रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जोडे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । तर सातौं ओभरको दोस्रो बलमै उक्त साझेदारी तोडियो । कुशल भुर्तेल २० बलमा १७ रन बनाएर आउट भए ।

आसिफ शेख दशौं ओभरमा आउट भए । आसिफले २९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३८ रन बनाए । त्यसपछि रोहित पौडेल र दीपेन्द्रले नेपालको इनिङ्स अघि बढाए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र रोहितले ५१ रनको साझेदारी गरे । रोहितले २३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए ।

चौथो विकेटका लागि दीपेन्द्र र आदिल अन्सारीले ७६ रनको साझेदारी गरे । दीपेन्द्र १९औं र आदिल २०औं ओभरमा आउट भए । १९औं ओभरमा ३२ रन जोडेको नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएर जम्मा ४ रन मात्र जोडेको थियो ।

बलिङमा पीएनजीका कबुअ मोरेअले ३, रिले हेकुरेले २ नोर्मन भानुअले १ विकेट लिए ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap