पटक पटक सुझाव दिदा पनि कुनै सुनुवाई नभएपछि ताला लगाउन बाध्य


लेखक : सुन्दराञ्चल      माघ १२, २०७८ मा प्रकाशित     
पटक पटक सुझाव दिदा पनि कुनै सुनुवाई नभएपछि ताला लगाउन बाध्य

बाजुरा माघ  १२ – जिल्लाको त्रिवेणी नगरपालिकामा ६ वडाध्यक्ष र तीन कार्यपालिका सदस्य सहित ९ जनाले मंगलबार ताला लगाएका छन् ।

नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले कार्यपालिका संचालनमा मनोमानी गर्दै आएको आरोप सहित नगरपालिकामा ताला लगाएका हुन् ।
नगर प्रमुख रावलले कार्यपालिकाको बैठक एकलौटी गरेको र नगरका हरेक कार्यमा आफु निकटका कायृपालिका सदस्यको बहुमत पु¥याउदै पाँच वडाध्यक्षलाई लत्याएर निर्णय गर्दै आएकाले सच्चिनका लागि नगरपालिकामा ताला लगाएको सोही नगरपालिका–९ का वडाध्यक्ष बीरबहादुर विष्टले बताएका छन् ।

वडाध्यक्ष बीरबहादुर विष्टकाअनुसार अनुसार नगरपालिकाको माघ १० गते विहान बोलाएको कार्यपालिकाको बैठकमा नगर प्रमुख रावलले आफु निकटका कार्यपालिका सदस्य अघिल्लो राति बोलाएर बैठक सकेको र सो बैठकको निर्णय माग्दा समेत नदिएकाले पाँच जना वडाध्यक्षको सहमतीमा ताला लगाएको बताएका छन् ।
नगरपालिकामा नगर प्रमुख रावललाई पालिकाको हरेक बैठक देखि अन्य कार्यमा एकलौटी रुपमा काम गर्दै आएको सो कार्य नगर्न पटक÷पटक सुझाव दिदा पनि कुनै सुनुवाई नभएपछि ताला लगाउन बाध्य भएको वडाध्यक्ष विष्टको जानकारी दिएका छन्।

वडाध्यक्ष र कार्यपालिका सहित ९ जनाले प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुख रावलले गरेका गतिविधी नसच्याइएसम्म नगरपालिकाको ताला नखोल्ने जनाएको छ ।
विज्ञप्तीमा नगरपालिकाबाट भएका निर्णयहरु माग गर्दा पनि सूचनाको हकबाट वञ्चित गरेको,विज्ञापन र सूचना सार्वजनिक नगरी मनोमानी रुपमा कर्मचारी भर्ना र भर्ना गरिएका कर्मचारीलाई आफुलाई सहयोग नगरेको आरोपमा हटाउने गरेको लगायतका माग उल्लेख गरिएको छ ।

नगरपालिकामा तालाबन्दीपछि सोही नगरपालिका–९ का वडाध्यक्ष बीरबहादुर विष्ट,वडा नं ७ का वडाध्यक्ष प्रेमबहादुर थापा, वडा नम्वर २ का वडाध्यक्ष प्रभुराज जोशी, वडा नम्वर १ का वडाध्यक्ष मनराज बुढा,वडा नम्वर ५ का वडाध्यक्ष गम्भीर बुढा, र वडा नम्वर ६ का वडाध्यक्ष खडकबहादुर बुढाले लगायत कार्यपालिका सदस्यले हस्ताक्षर गरेको विज्ञप्ती निकालिएको छ ।

मंगलबार ९ जनाले जनप्रतिनिधीले लगाएको ताला एक घण्टामा सहमती विना नै ताला तोडिएको छ । ९ जना जनप्रतिनिधीहरुले राखेका मागहरुको कुनै सुनुवाई नभई ताला खोलिएको वडाध्यक्ष गम्भीर बुढाले बताएका छन् ।
यता नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले असारमा केही काम सकेको बताए ।
वडाध्यक्षहरुले ९ वटै वडामा ५० लाख रुपैया माग गर्दा बजेट नभएकाले नगरबाट वडाका लागि उक्त रकम नदिएको आक्रोशमा आफु माथि लगाइएका आरोप गलत रहेको नगर प्रमुख रावलले बताएका छन् ।
नगर सभाबाट विनियोजन गरिएको बजेट मध्येबाट एक करोड रकम बाड्न बाकी रहेको र सो रकम ९ वटै वडालाई नपुग्ने हुँदा नगरमा नै राखेकाले नगर प्रमुख रावलले बताएका छ् ।

रावलले नगरपालिकामा ताला लगाएको विषयमा जानकारी नभएको बताए । विधी र नियमसंग मात्र नगरपालिकामा ताला लगाउनु पर्नेमा एकाएक ताला लगाउनु गलत भएकोनगर प्रमुख रावल बताएका छन् ।
ताला लगाउने ९ जनाको अनुकुल नभएको भन्दै आरोप लगाउनु उचित नहुनेमा नगर प्रमुख रावलको दाबी छ । पार्टीको अधिवेशनबाट पराजित भएको आक्रोशमा प्रतिशोध लिन खोज्नु आफैमा कमजोरी हुनेमा जिकिर गरेका छन् ।
आफु आन्तरिक छलफल गर्न तयार रहेको र। कम्युनिष्टको सहारामा चल्नु अनुचितनरहने ेनगर प्रमुख रावलले बताएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap