नेविसङ्घ कैलालीमा बिबाद, फरक फरक संयोजक तोक्दै दुवै पक्ष


लेखक : सुन्दराञ्चल      पुस २८, २०८१ मा प्रकाशित     
नेविसङ्घ कैलालीमा बिबाद, फरक फरक संयोजक तोक्दै दुवै पक्ष

२८ पुष  नेपाल बिद्यार्थी संघ कैलाली मा बिबाद उत्कर्ष मा पुगेको छ । १२ महाधिवेशन को तयारीमा होमिएको नेविसङ्घ कैलालीमा बिबाद बढ्दै जादा दुई भागमा बिभाजन भएको हो । नेविसङ्घ कैलालीको संस्थापन पक्षले एकलौटी गतिविधि सन्चालन गर्दा बिबाद उत्कर्ष मा पुगेको नेविसङ्घ कैलालीका नेताहरूले बताएका छन ।

नेविसङ्घ कैलालीका अध्यक्ष मनिष कुँवर ले कैलालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य हरूसंग सल्लाह र सहकार्य बिनानै एकलौटी रूपमा अघि बढ्दा समानान्तर गतिविधि गर्न परेको केन्द्रीय सदस्य तथा कैलाली जिल्ला प्रतिनिधि घनस्याम बमले बताए।

संस्थापन पक्ष निकट भयर काम गरिरहेका अध्यक्ष कुँवरले केही दिन अघिमात्र केन्द्रीय सदस्य टेकराज अवस्थी लाई राखेर सदस्यता अभियान सञ्चालन गरेका थिय भने पालीका संयोजकको जिम्मेवारी तोक्दै लेटर बाडिरहेका छन । यसको बिरोधमा नेविसङ्घ को संस्थापन इतर पक्षले पनी समानान्तर गतिविधि सुरू गरेको छ ।

शनिबार कैलाली बहुमुखी क्याम्पसमा १२ औं अधिवेशनलाई लक्षीत गर्दै रोशन उपाध्याय लाई संयोजक तोकेको छ । भने सबै पालिका र क्याम्पस हरूमा पनी प्रतिनिधि तोकी १२ महाधिवेशन सम्पन्न बनाउने तर्फ उन्मुख हुने बमले बताए। कैलाली जिल्लामा नेविसङ्घ का जिल्ला अध्यक्ष कुँवर बिगत देखीनै बिबादमा छन ।

उनको नेतृत्व संस्थापन कै नेताकार्यकर्ताले समेत स्वीकार गरेका छैनन । भने २०७९ को स्ववियु निर्वाचन मा एकलौटी टिकट बितरण गर्दा कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला क्याम्पस, घोडाघोडी क्याम्पस लगायत जिल्ला भरका अधिकांश क्याम्पस मा पराजित भयको समेत आरोप लाग्दै आएको छ । भने पछिल्लो समय बिबाद सतहमा पुगेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap