नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त,


लेखक : सुन्दराञ्चल      फाल्गुन १७, २०७९ मा प्रकाशित     
नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त,

१७ फागुन,  नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले इटलीका एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

पदपूर्ति समितिले सिफारिस गरे अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनेस यसअघि बेलिजको राष्ट्रिय टिमको प्रशिक्षण गरेका थिए ।

इन्डियन सुपर लिगमा उनी नर्थ इस्ट युनाइटेडको प्रशिक्षक थिए । त्यसअघि उनले आई लिगको गोकुलम केरलाको टिम हेरेका थिए ।

यूईएफए प्रो लाइसेन्स प्राप्त कोच एनेसले भारतीय क्लब गोकुलम केरलालाई लगातार दुई पटक आई लिग जिताएका थिए ।

अब्दुल्लाह अल्मुताइरीको राजीनामा पछि रिक्त रहेको प्रशिक्षक पदमा अब एनेसले काम गर्नेछन् । यस्तै वित्तीय निर्देशकमा सजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का नियुक्ति गर्ने निर्णय गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap