नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई युग सुहाउँदो बनाउँछु


लेखक : सुन्दराञ्चल      पुस ७, २०८१ मा प्रकाशित     
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई युग सुहाउँदो बनाउँछु

पुष ७,  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् ।

उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भने, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने छ। त्यसका लागि म नेतृत्व लिन तयार छु ।’

उनले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने विश्वास व्यक्त गरे। सम्बोधनका क्रममा उनले भने, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइँदैन ।’
पार्टीमा एकता नभएको भन्दै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानीसहित जिल्लाका सबै साथीले पहल गर्नुपर्नेमा जोड दिए । अहिले कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको उनले बताए । विस्तारै कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले आफू चिन्तित रहेको उनले उल्लेख गरे।

कोइरालाले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधनका क्रममा भने, ‘अब पार्टीभित्र कसैलाई अन्याय हुन दिइने छैन, अब पार्टीभित्र न्याय हुन्छ । त्यसको जिम्मा म लिन्छु ।’

सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका उनले बिहान भातृ तथा शुभेच्छुक संस्थासँग अन्तरक्रिया तथा छलफल गरेको थियो । सो भेटघाटमा सबै भातृ तथा शुभेच्छुक संस्थाको तोकिएको समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap