नेपाली  कांग्रेस हिंसालाई नियन्त्रण गर्न  सक्रिय भएको छ,


लेखक : सुन्दराञ्चल      भदौ ४, २०८० मा प्रकाशित     
नेपाली  कांग्रेस हिंसालाई नियन्त्रण गर्न  सक्रिय भएको छ,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा। आरजु राणा देउवाले महिलामाथि हिंसा भएको देखेमा पुरुषले समेत खबरदारी गर्नुपर्ने बताउनु भएको छ । सोमबार धनगढीमा आयोजित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। ५ कैलालीले आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

अपराधिक क्रियाकलापहरू घरबाटै हुने हुँदा सचेत हुन जरुरी रहेको समेत बताउनु भयो । ‘मैले कुनै गल्ती गरेको छैन। नियत पनि छैन, राजनीतिमा बिना गल्ती पनि आरोप लाग्छ भन्नु भयो , ‘म मातृ सत्तामा विश्वस गर्ने महिला हो , म सत्य र गीतामा विश्वास गर्छु।’
साथै उहाँले आफू कुनै पनि ब्याटलको लागि तयार रहेको बताउनुभयो । ‘आफूले गरेको राम्रो नराम्रो आफ्नो मन भित्रकै भगवानले हेर्छ’, ‘राजनीतिमा महिलालाई गाह्रो छ । बाहिर निकल्दा चुनैती छन्। हरेक महिलाका संर्घषका कहानी छन्। जसरी पुरुषले आमालाई माया र सम्मान गर्छन्। त्यसैगरी आफ्नो श्रीमती र महिलालाई सम्मान गर्न आग्रह गर्नु भयो ।’
उहाँले पार्टी विधान र सिद्धन्तअनुसार चल्नुपर्नेमा जोड दिदै ‘मानिस भएपछि आपसी द्वन्द्व पनि हुन्छ,तर त्यो विवाद घर भित्रै मिलानुपर्छ’, पार्टी भित्रै ‘मिलाउनु पर्छ ।
कार्यक्रममा बोल्दै डा.देउवाले पछिल्लो समयमा पार्टीमा बस्ने ,पद लिने, तर पार्टीको हित बिपरित काम गर्ने प्रबृति मौलाएको भन्दै पार्टीको हितका काम मा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

क्षेत्रीय भेलाको प्रमुख अतिथि समेत रहनुभकि डा . देउवाले पार्टीले गरेका साकारात्मक गतिबिधिहरुको सामाजिक संजालको माध्यामबाट प्रचार गर्नुपर्ने बताउनुभयो ।
”पछिल्लो समयमा महिला हिंसा बढेका कारण नेपाली कांग्रेसले महिला हिंसालाई नियन्त्रण गर्न सक्रिय भएको छ ।
जसकालागि छुट्टै संयन्त्र बनाएर महिला हिंसा नियन्त्रमा सक्रियता देखाएको छ । ” आफु राजनितिमा सक्रिय भएदेखि आफुमाथि षड्यन्त्र हुन थालेको बताउनुहुदै जस्तो सुकै षड्यन्त्र भएपनि आफु अबिचलित नहुने बताउनुभयो । नक्कली भुटानी शरणार्थीका आफ्नो नाम अनावश्यक रुपमा चर्चाका ल्याईएको बताउँदै डा.देउवाले यसमा आफ्नो कुनै दोष नभएको स्पाष्ट पार्नुभयो । ” खाएको बीस पो लाग्छ नखाएको बीस कसरी लाग्छ । कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, शशिला मिश्र भट्ट, जीवन राना, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह , प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त , सुदूरपश्चिम प्रदेशका भौतिक मन्त्री प्रकाश बहादुर देउवा लगाएतले संवोधन गर्नु भएको थियो । क्षेत्रीय सभापति भिम पडालको

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap