नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु


लेखक : सुन्दराञ्चल      जेष्ठ १९, २०७९ मा प्रकाशित     
नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु

१९ जेठ, काठमाडौं । नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु भएको हो ।

प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स)मा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको छ ।

प्रत्येक ब्लकका बिजुली फरक-फरक मूल्यमा बिक्री हुन्छ । भारतले प्रतियुनिट अधिकतम् भारु १२ मा खरिद-विक्री गर्न सक्ने गरी सीमा तोकेको छ ।

त्यसअनुसार नेपालले कुनै ब्लकमा अधिकतम् भारू १२ सम्म मूल्य पाउनेछ । औसत रुपमा प्रतियुनिट ६.२८ भारतीय रूपैयाँ (१० रूपैयाँ ४ पैसा नेपाली रूपैयाँ) सम्ममा बिजुली बिक्री हुने देखिएको प्रवक्ता भराईले बताए ।

भराईका अनुसार ‘कालीगण्डकी ए जलविद्युत आयोजना’को बिजुली पनि भारत विक्रीका लागि प्राविधिक तयारी भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले वषर्ायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेन्डर पनि आह्वान गरेको छ । नेपालका जलविद्युत् आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको थियो ।

नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएको छ । त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने योजना छ । बाँकी रहेको विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्ने योजना छ । भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।

नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्यमर्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिको लिखु-४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap