नेपालमै सबैभन्दा ठूलो साहित्य पुरस्कार स्थापनाका लागी धनगढीमा महायज्ञ लाग्ने


लेखक : सुन्दराञ्चल      फाल्गुन १८, २०८१ मा प्रकाशित     
नेपालमै सबैभन्दा ठूलो साहित्य पुरस्कार स्थापनाका लागी  धनगढीमा महायज्ञ लाग्ने

धनगढी फागुन १८, नेपालमै सबैभन्दा ठूलो राशीको साहित्य पुरस्कार स्थापनाका लागी कैलालीको धनगढीमा महायज्ञ लाग्ने भएको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा फागुन २१ गते देखि २७ गतेसम्म धनगढी १ पशुपतीटोलस्थित महोत्सव स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो।आईतबार पत्रकार सम्मेलन गर्दै स्रस्टाको सम्मानका लागि अक्षयकोष स्थापना गर्न महायज्ञ सञ्चालन गरिने सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयले बताए।

महायज्ञमा प्रख्यात कथा वाचिका भागवत मञ्जरी राधिका दासीले कथा वाचन गर्ने जानकारी दिएका छन्।महायज्ञ सञ्चालन पछि स्रस्टाका लागि नेपालकै सवै भन्दा ठुलो धनराशीको पुरस्कार राशी घोषणा गरिने र संकलन हुने रकमको अक्षकोष स्थापना हुने बताइएको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयले महायज्ञकालागि ४० लाख रकम खर्च हुने अनुमान गरिएको बताए।फागुन २१ गते महायज्ञको उद्घाटनको दिन विहान साढे ९ बजे कलश यात्रा र पूवाङ्ग पूजा गरिनेछ। मेचि र कालीको जल मिसाएर गंगा जल सहति कलश यात्रा गरिनेछ।

महायज्ञमा हरेक दिन बिहान ५ बजे देखि ७ बजे सम्म योग शिविर,१० बजेसम्म नित्य पूजा,११ बजे देखि तीन बजेसम्म कथावाचन हुनेछ। प्रखरकथा वाचिका राधिका दासिले महायज्ञमा उपस्थिती जनाउन उनले सबैमा आग्रह समेत गरेकी छन्।साहित्यमा कृयाशिल व्यक्तिको हौसला बढाउँदै नयाँ पिढीलाई साहित्यमा रुचि जगाउन आफु धनगढी पुगेको उनको भनाई छ।

No description available.No description available.No description available.
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap