नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरियो


लेखक : सुन्दराञ्चल      बैशाख ३०, २०८१ मा प्रकाशित     
नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरियो

३० वैशाख,   नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो अधिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो ।

शिक्षाका लागि अधिक रकम विदेशिँदा भ्रमण व्यय समेत अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको पाइएको छ । यस वर्ष ९ महिनामा भ्रमण  व्यय १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षामा ९५ अर्ब ८५ करोड र घुमफिरमा जानेले ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेका छन् ।

यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो । सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो । सेवा खाता अन्तर्गत मुलुक भित्रने भन्दा विदेशिने रकम हुँदा यस्तो खाता घाटामा देखिन्छ ।९ महिनाको अवधिमा सेवा खाता ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा छ । सेवा खाता अघिल्लो वर्षको यसै अवधिमा ६३ अर्ब ९१ करोड रुपैयाँले घाटामा थियो । यस वर्ष पर्यटन आय बढ्दा घाटा केही कम भने भएको देखिन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap