नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथि मुद्दाको सुनुवाइ हुँदै


लेखक : सुन्दराञ्चल      बैशाख १६, २०७९ मा प्रकाशित     
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथि मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं   बैशाख १६  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनको सुनुवाइ आज हुँदैछ । बिहीबार सुनुवाइ नसकिएपछि शुक्रवारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भएपनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्षको चैत्र २५ गते बसेको मन्त्रिपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा परेका थिए । न्यायाधीश हरिप्रसाद फुयाँलको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किनुभएको थियो ।रातोपाटी
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap