नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट हेटौंडामा सुरु,


लेखक : सुन्दराञ्चल      साउन ६, २०७९ मा प्रकाशित     
नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट हेटौंडामा सुरु,

 काठमाडौं ६ साउन, । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ ।

महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन् ।

करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

आजको उदघाटन समारोहपछि सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुने वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap