पत्रकार महासंघ कैलालीद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र …


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०८१ मा प्रकाशित     
पत्रकार महासंघ कैलालीद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र …

धनगढी  चैत १८,  नेपाल पत्रकार महासंघ कैलालीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आज कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हामाल मार्फत सो ज्ञापनपत्र बुझाएको हो ।
यही १५ गते काठमाडौमा राजाबादी आन्दोलनको हिंसात्मक आन्दोलनमा आराजक मानिसको भिडले संचारगृह तोडफोड, पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको र पत्रकार माथी हातपात र कुटपिट गरिएकोले सरकारको ध्यानार्कषण गराउन ज्ञापन पत्र बुझाएको नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउबाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी हमालले ज्ञापनपत्र बुझ्दै आफूले आजै सो ज्ञापनपत्र सरकार पठाई दिने बताए । कैलाली जिल्लामा शान्ती सुरक्षा अमन चयनका साथै पत्रकारको सुरक्षाका लागि आफु कटिबद्ध रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ कैलालीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाए…
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap