नेकपा एमालेले संविधान दिवसको अवसरमा प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७९ मा प्रकाशित     
नेकपा एमालेले संविधान दिवसको अवसरमा प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने

२९ भदौ, काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ ।

संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो ।अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध मर्निङ वाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले अनलाइनखबरलाई बताए ।

रिजालका अनुसार एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट पैदल हिँड्नेछन् । संविधान निर्माणका बेला कांग्रेस नेतृत्वको सरकार रहे पनि देशी–विदेशी चुनौती सामना गर्दै निर्णायक पहल एमालेले लिएको विगत सम्झना गर्दै ओली आफैं पैदल हिँड्न लागेको उनले बताए ।

‘संविधान निर्र्माणको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने समाजमा स्थापित नै छ, यसका सबलता र कमजोरी सबै हाम्रो पहलकदमीमा भएकै हुन्,’ रिजालले भने, ‘यसैवापत नाकाबन्दी पनि देशले बेहोर्नुपर्‍यो । केही सातापछि ओली प्रधानमन्त्री भएपछि नै भारतसँग अडान लिने काम सुरु भयो, हामीले सफलता पनि पायौं । हामी यसको पनि सम्झना गर्नेछौं, यो वाकाथनमा ।’

एमालेले आफूलाई संविधानको संरक्षक, पालक, पोषक भएको प्रचार लैजान लागेको हो । संविधान संशोधन गराएर चुच्चे नक्सा अनुमोदन गराउने नेतृत्व पनि एमालेकै भएकाले यो संविधान दिवसलाई विशेष रुपमा मनाउन लागेको उनले बताए । असोज १ गते बिहान ६ः४५ बजे बाट मर्निङ वाक सुरु गर्ने भन्दै एमालेले शुभेच्छुक, सर्वसाधारणलाई पनि सहभागी हुन अपिल गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap