सरकार कमाउ धन्दामा लाग्योनेकपा एमालेका सचेतक महेश बर्तौला ,


लेखक : सुन्दराञ्चल      अशोज १८, २०८० मा प्रकाशित     
सरकार कमाउ धन्दामा लाग्योनेकपा एमालेका सचेतक महेश बर्तौला ,

 काठमाडौं १८ असोज, । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतफ जानसक्ने खतरा देखिएको बताएका छन् ।बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले शुरुदेखि नै संविधानलाई किर्ते गर्ने काम गरेको बताए ।उनले भने, ‘यो सरकारले संविधानलाई किर्ते गर्ने काम शुरुदेखि नै गरेको छ । नागरिकता विधेयकका नाममा, अघिल्लो संसदले अघिल्लो सभामुखले, अघिल्लो राष्ट्रपतिलाई पठाएको विषयलाई वर्तमान संसदलाई छलेर यो सरकारले वर्तमान राष्ट्रपतिलाई किर्ते गर्न लगाएको छ ।’

उनले सरकार कमाउ धन्दामा लागेको आरोप लगाए । उनले सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको बताए । उनले सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको पनि बताए ।

‘आज मुलुकको हर क्षेत्र तहसनहस भएको छ । अर्थतन्त्र डामाडोल भएको छ । साम्प्रदायिक द्वन्द्व एकपछि अर्को बढ्न थाल्यो । धार्मिक युद्धतर्फ मुलुक जानसक्ने खतरातर्फ गइसक्यो । यो खालको चरम बेथिति छ । कमाउ धन्दामा मन्त्रीहरु लागेका छन् ।’

सचेतक बर्तौलाले सत्तासिन दलका कार्यकर्ता छानिछानी सरकार टिकाउनका लागि क्रुरताकासाथ सरकारले मानव अधिकार उल्लंघनका दोषीलाई कैद मिनाह गरेर छुटाइरहेको बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap