नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सुप प्रदेसको राजधानी धनगढीमा पुगेका छन् । बिहीबार एमालेले कैलाली र कञ्चनपुरमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्न ओली यहाँ पुगेका हुन्।सुदूरपश्चिमका एमाले नेता तथा कार्यकर्ताहरुले विमानस्थलमा ओलीको स्वागत गरेका छन्। एमाले अध्यक्ष ओलीले आज कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। कञ्चनपुरको बेलौरी, कैलालीको बर्दगोरिया र धनगढीकोमा एमालेको आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले बताए।