नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन कञ्चनपुरमा


लेखक : सुन्दराञ्चल      भदौ १९, २०८१ मा प्रकाशित     
नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन  कञ्चनपुरमा

कञ्चनपुर भदौ १९,। नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो ।टोलीले शुक्लाफाँटा नगरपालिकाको झलारी, वनसमिति, कलुवापुरसँगै बेदकोट नगरपालिकाको दैजी र सिसैयाका व्यापारी र व्यवसायीले प्रयोगमा ल्याउने नाप तौलका यन्त्रहरूको अनुमति प्रदान गर्ने, जाँच गर्ने, पुनः जाँच गर्ने, अनियमित क्रियाकलाप गर्ने व्यापारी–व्यवसायीलाई कारबाही गर्ने अख्तियारीसहित डोर टोलीलाई सात दिनका लागि खटाइएको नापतौल कार्यालयका प्रमुख शम्भु आचार्यले जानकारी दिए ।उनका अनुसार नापतौलका यन्त्रको प्रयोग प्रचलित कानुनको पालना गरी प्रयोग भए÷नभएकोबारे टोलीले अनुगमन पनि गर्नेछ । टोलीले मङ्गलबारदेखि झलारी बजारमा नापतौलका यन्त्रको अनुमति दिने र जाँच गर्ने कार्य गरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap