नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै : मन्त्री गहतराज


लेखक : सुन्दराञ्चल      कार्तिक ४, २०७९ मा प्रकाशित     
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै : मन्त्री गहतराज

४ कात्तिक, पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्राप्त ज्ञान, सीप र क्षमताले आगामी दिनमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको उपस्थिति अझ सशक्त हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले केही समस्या र सीमाका कारण नवौं संस्करणमा देखिएका समस्यालाई आगामी दिनमा सुधार गर्ने बताए ।

खेलकुद क्षेत्रको २० वर्षे गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको बताउँदै उनले खेल विश्वविद्यालय स्थापना गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी र विजेता सबैलाई उनले बधाई दिए ।
कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलाडीहरूको खेल कौशललाई अझै निखारेको बताए । गण्डकीमा भएको नवौं खेलकुदको अनुभव र अध्ययनबाट देखिएका समस्यालाई कर्णालीमा हुने दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सुधार गर्ने उनले बताए ।

औपचारिक रुपमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

१७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक सहित कुल ३७१ पदक प्राप्त गर्दै आर्मी टिम च्याम्पियन बन्न सफल भएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap