नव प्रतियोको पहिचान लोक कला संसकृति जगेर्ना,सुदूरश्चिम प्रदेश खुला एकल गायन प्रतियोगिता हुने,


लेखक : सुन्दराञ्चल      चैत्र २, २०७९ मा प्रकाशित     
नव प्रतियोको पहिचान लोक कला संसकृति जगेर्ना,सुदूरश्चिम प्रदेश खुला एकल गायन प्रतियोगिता हुने,

महादेव गिरी  संवाददाता

धनगढी चैत्र २, सष्टाको सम्मान, नव प्रतियोको पहिचान लोक कला संसकृति जगेर्ना का लागी हाम्रो पहिचान भन्ने मुलनारा सहित सुदूरश्चिम प्रदेश खुला एकल गायन प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम चैत्र ४ गते देखी हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान सुदुरपश्चिम प्रदेश र प्रदेशको सामाजिक बिकास मन्त्रालयकोे समन्वय तथा उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयको सहयोगमा धनगढीमा चैत्र ४ गते प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता हुने भएको हो। भने
नव प्रतिभाको पहिचान, लोक संस्कृती संरक्षणकालागी हाम्रो अभियान भन्ने नारा सहित प्रदेशभरी कुनाकुनामा लुकेर बसेका प्रतिभाको संरक्षणको लागि यो प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष पुर्ण प्रसाद भाटले बताए ।

लोककला संरक्षण र पर्यटन प्रबद्र्धन गर्न प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता आयोजना गर्न लागीएको हो । चैत्र ४ गते दिउँसो १२ बजे देखी कैलाली जनपुस्तकालयको हलमा उक्त प्रतियोगिता हुने राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष पुर्ण प्रसाद भाटले बताए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap